2026-10-16 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया रोजगारी : इपिएस कोरिया शाखाको गम्भीर ध्यानाकर्षण

साउन १३, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रकृया सुचारु सम्बन्धमा केही व्यक्तिहरुले विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले विज्ञप्ति जारी गर्दै कोरिया रोजगारी सुचारु नभएको विषयमा कार्यालयका कर्मचारीहरुप्रति गाली गलौज गर्ने कार्य प्रति पनि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 भ्रमपूर्ण सूचना संप्रेषणले प्रणालीलाइ नकारात्मक असर पर्न सक्ने भएकोले यस्ता उछृङखल, अमर्यादित कृयाकलाप नगर्न, नगराउन कार्यालयले सर्वसाधारणमा अनुरोध गरेको छ । ‘संवेदनशिल भै उडान सुचारु हुने प्रतिक्षामा धैर्य गर्न र यस शाखाको वेवसाईट www.epsnepal.gov.np मा प्रकाशित हुने सूचनामा मात्र विश्वास गर्न सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारणले बिगतमा लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड व्यक्तिहरुको उडान प्रकृया रोकिएको शाखाले जनाएको छ । हाल नेपाल सरकारले सबै अन्तराष्ट्रिय उडान सूचारु गरे पश्चात पनि पुनः बढ्दै गैरहेको माहामारीका कारण कोरियाको सरकारले नेपाल लगायत अन्य देशबाट समेत कामदार भित्र्याउन रोक लगाएको छ । 

कोरियाको प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको विभिन्न निकायबाट विभिन्न चरणमा एच. आर.डि सर्भिस अफ कोरिया समक्ष गरिएको प्रयासका बाबजुद पनि प्रकृया सुचारु नभएकोमा पछिल्लो पटक नेपाल सरकारले कोरिया पक्षबाट राखेका शर्तहरु (नियमित सिधा उडान, कोभिड १९ बिमा लगायत) पुरा गरी पठाउन तयार रहेको भनि कोरिया पक्षलाई जानकारी गराइसकेको र ति शर्तहरु पुरा गर्ने सन्दर्भमा आवश्यक आन्तरिक तैयारी भैरहेको शाखाले जनाएको छ ।  

कोरियन पक्षबाट कोरियाले रोग नियन्त्रण महाशाखाको विभिन्न स्वास्थ्य मापदण्ड लगायतका शर्त पालना गरी कामदार भित्र्याउन प्रयास भैरहेको भन्ने जानकारी प्राप्त भएको शाखाले जनाएको  छ । ई.पी.एस. अन्तर्गत हालसम्म करिव ६५,००० भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । नेपाली कामदारहरु कर्तव्यनिष्ठ इमानदार, लगनशील र मेहेनती भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु