2026-10-15 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो, सरकार !

साउन ३१, काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका ति नेपालीहरुले ५ महिना पुगिसक्दा पनि कम्पनीले तलब नदिएको कारण काम छाडेर कोठामै बसेको बताएका छन् । 

‘तलब नपाएपछि काम नगरी कोठामा बस्दै आएका छौं’ एक नेपालीहरुले भने । खान समेत नपाएको भन्दै उनले भने ‘पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो ।’ उनीहरुले नेपाल सरकारसँग आफुहरुको उद्दारको पहल गर्न आग्रह गर्दै भनेका छन् ‘हामीलाई नेपाल सरकारले उद्दार गरिदिनु पर्यो, म्यानपावरले पनि हाम्रो समस्या सुन्दैन ।’ 

साझा सबाल मिडियालाई सहयोगको याचना गरेका उनीहरुले आफ्नो हस्ताक्षर सहितको नाम लिस्ट र उनीहरुको समस्या तल यसरी लेखेका छन् । 

पिडितहरुको आग्रहमा म्यानपावर र एजेन्टको नाम छोपिएको छ । पिडितहरुले म्यानपावरले बिभिन्न बहानामा दु:ख दिन सक्ने भन्दै म्यानपावर र एजेन्टहरुको नाम छोपिदिन आग्रह गरेका हुन् । 

खानको लागि समेत पैसा नभएपछी उनीहरुमध्ये केहि खान नपाएर बिरामी समेत परेको बताइएको छ । उद्दारको लागि पहल गर्नेमध्य एक नेपालीको अनुसार उक्त कम्पनीमा दुई हजार नेपालीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैको स्थिति निकै नाजुक छ, खान नपाएर भोकमरी लागेको छ, सरकारी निकायलाई समेत यो बिषयमा खबर भएपनि कुनै सुनुवाई नभएको उनले गुनाशो गरे । उनले भने ‘अझै केहि दिन त संघर्षमै बाचिएला तर कति दिनसम्म भोकै बस्नुपर्ने हो थाहा छैन ।’ 

तलको तश्विरमा उद्दारमा पहल गरेका नेपालीहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने