2026-10-16 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका १२ सय ४३ जनाले ज्यान गुमाए, परिवारलाई ७३ करोड आर्थिक सहायता वितरण

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४३ नेपाली श्रमिकहरूको गन्तव्य देशमा मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न २७ देशमा गएका १ हजार २ सय ४३ जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डको सचिवालयले जानकारी दिएको छ । 

साउदी अरबमा गत वर्ष  सबैभन्दा धेरै ३ सय ६२  जनाले ज्यान गुमाएको वोर्डको तथ्यांक छ । वोर्डका अनुसार साउदीपछि मलेसियामा धेरै कामदारले ज्यान गुमाएका छन् । मलेसियामा १ महिला र २ सय ७९  पुरुष गरी जम्मा २ सय ८० जनाले ज्यान गुमाएका छन् ।  त्यसैगरी, कतारमा  २३७ पुरुष र २ जना महिला र २३९ जनाको ज्यान गएको छ भने  यूएईमा १९६ पुरुष र १२ जना महिला गरी २०८ आठ जनाएको एक वर्षको अवधिमा ज्यान गुमाएका छन् । 

खाडीको अर्को देश बहराइनमा ३१ जना, कुवेतमा ५५ जना र ओमानमा ७ जनाको ज्यान गएकोवोर्डको तथ्यांक छ । सो आवमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई करिब ७४ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको वोर्डले जनाएको छ । 

बोर्डले १ हजार २ सय १३ जना पुरुष र २९ महिला गरी १ हजार २ सय ४३ जना मृतक कामदारका परिवारलाई वोर्ड ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।यस्तै, मृतक कामदारको शव विमानस्थलदेखि घरसम्म पुर्‍याउनका लागि मात्रै १७ लाख ९४ हजार ९७६ रुपैयाँ खर्च गरेको छ । यो रकम ७७० मृतकको शव घरसम्म पुर्‍याउन खर्च भएको वोर्डले उल्लेख गरेको छ । 

यसैगरी, गम्भीर बिरामी र अंगभंग भएर फर्किएका १४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको वोर्डले जनाएको छ । १ सय २२ शव झिकाउन समन्वय र सहयोगका लागि मात्रै वोर्डले ९० लाख  ६७ हजार ८१० रुपैयाँ खर्च भएको जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव रोजगारदाता देशबाट घरैसम्म निशुल्क रुपमा पुर्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु