2026-07-24 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी: छनौटमा आफ्ना व्यक्ति पारिदिन भन्दै महानिर्देशकलाई भेट्नेको लर्को !

मनोज पराजुली । साउन २१, काठमाडौं । इजरायलमा रोजगारीका लागि आफ्ना नजिकका व्यक्तिलाई छनौटमा पारिदिन भन्दै वैदेशिक रोजगार विभाग धाउनेहरुको लर्को लाग्न थालेको छ । विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन सूचना जारी गरेसंगै स्वतन्त्र छनौट प्रक्रियालाई प्रभावित हुनेगरी दवाव दिन पछिल्लो समय विभागमा अनाश्यक व्यक्तिहरुको लर्को लाग्न थालेको हो ।

सरकारी संयन्त्रमार्फत इजरायलले पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना नेपाली कामदार लैजान लागेको छ । जसका लागि विभागले अनलाइन मार्फत आवेदन संकलन गरिरहेको छ । यहि प्रक्रियामा आफ्ना नजिकका व्यक्तिलाई छनौट गरिदिन भन्दै विभागमा महानिर्देशक कृष्ण प्रसाद दवाडीलाई भेट्न आउनेहरुको संख्या बढेको विभागका कर्मचारीहरुले बताएका छन् । 

तपाई महानिर्देशक भएको बेला यति काम पनि नगरिदिए कहिले गर्नुहुन्छ ? भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरु भेट्न आउने क्रम बढेको छ, महानिर्देशक दवाडीले बुधबार पत्रकारहरुसंग भने ‘छनौट प्रक्रियालाई प्रभावित हुनेगरी दवाव दिन आएपनि आफुले महानिर्देशकको भूमिकामा रहुन्जेल इजरायल रोजगारीका लागि तोकिएको प्रक्रिया भन्दा बाहिर गएर काम गर्दिन, छनौट प्रक्रिया पारदर्शी हुनेछ ।’

‘इजरायलका स्याहार केन्द्रहरूमा पठाइने कामदारको छनोट प्रकृयामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार छनोट गरिनेछ,’ महानिर्देशक दवाडीले भने, ‘अंग्रेजी भाषाको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तर्वार्तामा बोलाइने छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोस्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइनेछ र सोहि रोष्टरमा नाम समावेश भएका १४ सय जनाको सूचीबाट नै इजरायलले गोला प्रथाबाट कामदार छनोट गर्ने भएकोले सम्पूर्ण प्रकृया निष्पक्ष र पारदर्शी हुनेछ ।’ 

छनोट प्रक्रिया पारदर्शी बनाउन अनलाइन आवेदन माग गरिएको बताउँदै महानिर्देशक दवाडीले दुई देशबाहेक छनोट प्रक्रियामा अरुको सहभागिता हुन नसक्ने बताए । विभागले आवेदन दिएको व्यक्ति एकिन गर्न परीक्षा तथा अन्तर्वार्ताका क्रममा केन्द्रमा नै तौल र उचाइ परिक्षण गर्ने जनाएको छ ।

निवेदकले पेस गरेको केयर गिभरको तालिम प्रमाणपत्रको प्रमाणीकरणका लागि अनुमति प्राप्त तालिम प्राप्त संस्थासँग तालिम लिएको रेकर्ड माग गरिने महानिर्देशक दवाडीले बताए । पछिल्लो समय केयर गिभर तालिम नै नलिई प्रमाणपत्र किनबेचको गुनासो आउन थालेकोले त्यस्तो कार्यमा संलग्न संस्थाको अनुगमन गरी कारवाहीको दायरामा ल्याउने र अनाधिकृत रुपमा प्रमाणपत्र लिनेहरु छनौटमा नपर्ने उनले स्पष्ट पारे ।

अडियो छानवीन गर्दै विभाग 

केहि दिनयता सामाजिक संजालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा पास गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएको छ । इजरायलमा केयरगिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनी आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको विषयप्रति विभागको ध्यानाकर्षण भएको उनले बताए ।

इजरायल पठाइदिने भन्दै आवेदकसँग रकम माग गरिएको उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनाधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने विभागका महानिर्देशक दवाडीले बताए ।

सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका केयरगिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनोटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमति प्रदान नगरिएको जनाउँदै रकम नदिन विभागले अनुरोध गरेको छ । विभागले कोही कसैले यस प्रकारको कृयाकलाप गर्ने प्रयास गरेको पाइए सोको प्रमाणसहित वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनसमेत सुझाव दिएको छ । साथै कामदार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक योग्य आवेदकहरूलाई विभागको वेबसाइटमाफर्त तोकिएको म्यादभित्र आवेदन दिन अनुरोध गरिएको छ ।

२५ सयले दिए आवेदन 

इजरायल रोजगारीका लागि बुधबारसम्म १६ हजारभन्दा बढीले आवेदनका लागि आईडी बनाएका छन् भने २ हजार पाँच सयभन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ । इजरायल जान सरकारले बनाएको मापदण्ड अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ । 

त्यस्तै अंग्रेजी भाषाको ज्ञान, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

तर, इजरायलमा काम गरी फर्केका र बुबाआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाका परिवारका सदस्य भने जान पाउने छैनन् । लागूपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा लागेको व्यक्ति पनि छनोट मापदण्डभित्र नपर्ने विभागले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक