2026-09-25 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयौं युवाहरुको पासपोर्टमा नक्कली भिसा, विभागले छापा हानेको कन्सल्टेन्सी समेत उही धन्दामा !

अनिल अधिकारी | साउन २८, काठमाडौँ | कोरोना महामारीको कारण स्वदेशी तथा वैदेशिक रोजगार प्रभावित भएको अवस्थामा वैदेशिक रोजगारको आकर्षक प्रलोभनले युवाहरु ठगिने क्रम बढेको छ । वैदेशिक रोजगारमा पठाउने इजाजत पाएका म्यानपावरहरुलाई २ करोड देखि ६ करोडसम्मको धरौटीको व्यवस्था गरेको सरकारले व्यक्तिगत तथा अवैध संस्थाबाट वैदेशिक रोजगारको नाममा हुने गतिविधिलाई रोक्न पूर्ण असफल भएको कारण ठगिक गतिबिधि मौलाईरहेका छन् । 

केहि महिना यता वैदेशिक रोजगार एप मार्फत हामीलाई सिंगापुरको भिसा सहि हो वा गलत भन्दै केहि इमेलहरु प्राप्त भएका छन् । इमेलमा आएका प्रमाणलाई आधार मान्दा कयौंको पासपोर्टमा सिंगापुरको २ बर्षे भिसा लगाइएको छ । दैनिक एकै प्रकृतिको इमेल आएपछि त्यसलाई भेरिफाइ गर्ने क्रममा ठगि धन्दा भईरहेको छ भन्ने हामीलाई थाहा भएको छ । ज-जसले जिज्ञाशा राखेका छन् उनिहरुलाई यो भिसाको विश्वास गरेर आर्थिक कारोबार नगर्न हामीले इमेल मार्फत सुझाव पठाएका छौं, जसको कारण केहि युवाहरु ठगिनबाट जोगिएका छन् भने कतिपयले भने आर्थिक कारोबार गरिसकेर शंका लागेपछि मात्र इमेलमा भिसा सहि छ कि गलत भन्दै जानकारी खोजेको पाइएको छ । 

सिंगापुर जान भिसा पाइने कुरा इमेलमै सिमित भएन । केहि युवाहरुले हामीलाई भेटेरै यस सम्बन्धमा प्रमाणहरु देखाएका छन् । यसरी प्रमाण देखाउनेहरु सामान्य पढाईलेखाई भएकाहरु समेत छन् । त्यसो त हालसालै आर्मीबाट रिटायर भएकाहरु पनि यो ठगि धन्दाको सिकार बनेका छन् । यस सम्बन्धमा केहि इमेलका उदाहरणहरु छन् हेर्नुहोस्: 

 

युवाहरुलाई सिंगापुरमा आकर्षक अवसर भएको भन्दै नक्कली भिसाको स्टिकर टास्नमा संलग्न कन्सल्टेन्सी समृद्धि एबरोड प्रा.लि लगायत रहेका छन् । समृद्धि एबरोड प्रा.लिको प्रमुख सन्जीव रायमाझी भनिएको छ भने बजार व्यवस्थापक दिप गुरुङ उल्लेख छ तर वास्तविकतामा यिनिहरुको ठगि तब मात्र युवाहरुलाई थाहा हुन्छ जब यिनीहरुले करोडौं अशुली गरेर सबै सिमहरु फालेर सम्पर्कबिहिन हुन्छन् । युवाहरुले पाएको भिजिटिङ कार्डको आधारमा कयौंले यसलाई म्यानपावर भन्ने ठानेर विश्वास गर्छन् तर यसको दर्ता नम्बर तथा ल्याण्डलाइन नम्बरको समेत हेक्का राख्दैनन् । जसको फाइदा ठगहरुले करोडौं ठगि गरेर कमाउन सफल हुन्छन् । यसरी ठगि गर्नेहरु एकै व्यक्तिले दुई फरक नागरिकता युवाहरुलाई दिने गरेको समेत पिडित युवाहरुको गुनाशो छ । ठगि धन्दामा संलग्नहरुले नक्कली नागरिकताबाटै बैंक खाता खोलेर त्यसैको आधारमा युवाहरुलाई ठगि गर्ने गरेको समेत पाइएको छ ।

:: माथिका तश्वीरहरुमा केहि जानकारी तथा तश्वीरहरु पिडितहरुको गोपनियताको लागि छोपिएका छन् । 

सरकारी संयन्त्र असफल 

वैदेशिक रोजगारको नाममा हुने अवैध गतिबिधि रोक्न सक्रिय हुनुपर्ने वैदेशिक रोजगार बिभाग व्यक्तिगत श्रम स्वीकृति र वैदेशिक रोजगारमा पठाउन नपाउने कन्सल्टेन्सी तथा अवैध खडा भएका संस्थाहरुको गतिविधि रोक्न पूर्ण रुपमा असफल बनेको पछिल्लो गतिबिधिहरुले स्पष्ट पारेको छ । 

गत बर्ष वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार प्रसाद दहालको नेतृत्व हुँदा वैदेशिक रोजगारको काम गरेको आधारमा नियमित कन्सल्टेन्सीहरुमा छापा मार्दै कतिपयमा सिल लगाउने काम गरिएका थिए । यस कार्यबाट कन्सल्टेन्सीका गतिबिधि केहि हदसम्म रोकिएको भएपनि महानिर्देशक परिवर्तन भएसँगै कन्सल्टेन्सीको वैदेशिक रोजगार गिरोह फेरी मौलाउन थालेको पाइएको छ । बिभागले छापा मारेपछि कारवाहीमा पर्नुपर्ने कन्सल्टेन्सीका संचालकहरुले समेत सफाई पाएका छन् । अहिले पहिले छापा मारिएका कन्सल्टेन्सीकै संचालकहरुले समेत खुलेयाम वैदेशिक रोजगारको उस्तै धन्दा चलाईरहेको जानकारी आईरहेको छ । 

बिभागले ललितपुरमा छापा मारेर बिभागमा तानिएका एक कन्सल्टेन्सीका संचालकलाई छुटाउन एक सांसदले बिभागमै आएर थर्काएको प्रसंगले झनै बिभागको काम-कारवाही माथि प्रश्न खडा गरिदिएको छ । त्यसो त वैदेशिक रोजगारको अनुगमनमा सक्रिय हुनुपर्ने बिभागले खुलेयाम ठगि गरेको प्रमाण पाएको अवस्थामा समेत कानुनमा कारवाही गर्ने स्पष्ट व्यवस्था नभएको भन्दै टार्ने गरेको कारण अवैध रुपमा वैदेशिक रोजगारमा पठाउन सक्रिय व्यक्ति तथा कन्सल्टेन्सीहरु झनै आफ्नो धन्दामा सक्रिय बनेका छन् । 

बिभाग आफै पुगेर गलत गतिबिधि भएको प्रमाण भेट्दा भेट्दै पनि केहि कारवाही गर्न नसक्नु तथा कारवाहीमा तानिएकाले फेरी उस्तै धन्दा गर्नुले बिभागको औचित्यमाथि गम्भीर प्रश्न खडा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक