पढ्न करिब 2 मिनेट लाग्छ

भदौ १, काठमाडौँ । अफगानिस्तानबाट १ सय१८* नेपाली काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको जनाएको हो ।

उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ आइपुगेको जनाएको थियो ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । काबुल विमानस्थलबाट दोहा पुगेका उनीहरु दोहादेखि जजिरा एअरलाइन्सबाट मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिएको छ। स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।

यसअघि अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् ।

(यसअघि प्रकाशित समाचारमा अफगानिस्तानबाट १२७ नेपाली काठमाडौं आइपुगेको हुन गएकाले सच्याइएको छ । सं.)