2026-10-16 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारी : १ हजार कोटामा ९ हजारको आवेदन, अब छनौटमा भनसुन चल्छ कि चल्दैन ?

भदौ १, काठमाडौँ । इजरायल रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन दिएका छन् । इजरायल रोजगारीमा सहायक कामदारका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन हिजोसम्म गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभागको इजरायल शाखा प्रमुख डम्बर बहादुर सुनुवारले जानकारी दिए । 

७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका गरी एक हजार जनालाई रोजगारीका लागि लैजाने भए पनि आवेदन दिनेको सङ्ख्या महिलाको भन्दा पुरुषको धेरै रहेको छ । ४२ सय महिला र ५ हजार ४९९ जना पुरुषले आवेदन दिएका उनले बताए ।

आवेदन रुजु गर्दै विभाग 

आवेदन दिने म्याद हिजोबाट सकिएसंगै आवेदन दिएकाहरुको आवेदन विभागले रुजु गर्न थालेको छ । ‘हामीले आजैदेखि आवेदन दिनुभएकाहरुको आवेदन रुजु गर्न शुरु गरेका छौं, इजरायल शाखा प्रमुख सुनुवारले भने ‘विभागले जुन योग्यता तोकेको छ त्यो योग्यता पुगेकाहरू छनोट हुनुहुन्छ, जसको योग्यता पुग्दैन उहाँहरुको आवेदन अस्वीकृति हुन्छ ।’ 

यदि आवेदन अस्वीकृत भएमा कारणसहित आवेदकलाई विभागले जानकारी गराउने छ । स्वीकृति भएमा वा अस्वीकृति भएमा पनि यसको जानकारी विभागले आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत जानकारी गराउनेछ । परीक्षा केन्द्र तोक्ने, परीक्षा समय र मिति बारे निर्णय भएपछि आवेदकहरुलाई जानकारी गराइने विभागले जनाएको छ । 

तपाई महानिर्देशक भएको बेला यति काम पनि नगरिदिए कहिले गर्नुहुन्छ ? भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरु भेट्न आउने क्रम बढेको छ, महानिर्देशक कृष्ण प्रसाद दवाडीले साउन २१ गते पत्रकारहरुसंग भनेका थिए ‘छनौट प्रक्रियालाई प्रभावित हुनेगरी दवाव आएपनि आफुले महानिर्देशकको भूमिकामा रहुन्जेल इजरायल रोजगारीका लागि तोकिएको प्रक्रिया भन्दा बाहिर गएर काम गर्दिन, छनौट प्रक्रिया पारदर्शी हुनेछ ।’

‘इजरायलका स्याहार केन्द्रहरूमा पठाइने कामदारको छनोट प्रकृयामा कुनै पनि निजी क्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार छनोट गरिनेछ,’ महानिर्देशक दवाडीले भने, ‘अंग्रेजी भाषाको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तर्वार्तामा बोलाइने छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोस्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइनेछ र सोहि रोष्टरमा नाम समावेश भएका १४ सय जनाको सूचीबाट नै इजरायलले गोला प्रथाबाट कामदार छनोट गर्ने भएकोले सम्पूर्ण प्रकृया निष्पक्ष र पारदर्शी हुनेछ ।’ 

छनोट प्रक्रिया पारदर्शी बनाउन अनलाइन आवेदन माग गरिएको बताउँदै महानिर्देशक दवाडीले दुई देशबाहेक छनोट प्रक्रियामा अरुको सहभागिता हुन नसक्ने बताएका छन् । विभागले आवेदन दिएको व्यक्ति एकिन गर्न परीक्षा तथा अन्तर्वार्ताका क्रममा केन्द्रमा नै तौल र उचाइ परिक्षण गर्ने जनाएको छ ।

योग्यता के के थिए ?

इजरायल रोजगारीको लागि आवेदन दिएका व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन । 

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुन आवश्यक छ । इजरायलमा काम गरी फर्केका र बाबुआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाको परिवारका सदस्यको पनि यो प्रक्रियामार्फत आवेदन स्वीकृति हुने छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु