2026-10-15 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा अनुगमन ठप्प, सामान्य लेवरकै लागत १ लाख ४० हजार !

भदौ ८, काठमाडौं । म्यानपावर कम्पनी र अवैध एजेन्टले विदेश जाने युवाहरुसंग मनपरी शुल्क लिइरहेको भन्दै गुनासो आउने क्रम बढेको छ । पछिल्लो समय वैदेशिक रोजगार विभागले गर्ने अनुगमन ठप्प हुँदा विदेश जानेहरु ठगिएका गुनासाहरु आउनेक्रम बढेको हो ।

‘वैदेशिक रोजगार’ एप मार्फत साझा सवाललाई प्राप्त दर्जनौं गुनासाहरुमा म्यानपावर कम्पनी र एजेन्टहरुले वैदेशिक रोजगारीका लागि चर्को शुल्क मागिरहेको भन्दै पीडितहरुले विभागको ध्यानाकार्षण गराइदिन अनुरोध गरेका छन् ।

हाल कतार, साउदी, ओमान लगायत केहि देशले मात्र नेपाली श्रमिक लिएका छन् भने मलेसिया, कुवेत, युएई लगायत देशले श्रमिक लिएका छैनन् । श्रमिकको डिमाण्ड कम भएको मौका छोप्दै चर्को शुल्क तिर्न तयार श्रमिकलाई मात्रै छनौट हुनेगर्ने गरेको युवाहरुले बताएका छन् । साउदीमा लेवर काममा जान एक म्यानपावर कम्पनीले एक लाख ४० हजार मागेको छ यो कत्भतिको जायत हो भन्दै गुनासो गरेका छन् ।

विदेश जान चाहने युवा बढी भएका कारण पनि लागत शुल्क बढ्न पुगेको एक व्यवसायीले बताएका छन् । डिमाण्ड धेरै भएको अवस्थामा स्वभाविक रुपमा लागत कम हुन्छ नै एक व्यवसायीले भने ‘कोरोना महामारीका कारण डिमाण्ड कम छ, हवाई टिकट महँगो छ, रोजगारदाता कम्पनीले सबै खर्च व्यहोर्दैन यस्तो अवस्थामा लागत बढ्नु स्वाभाविक हो ।’ तर विदेशका केहि ठुला कम्पनीका डिमाण्ड किनवेच गर्न म्यानपावर व्यवसायी नै तल्लिन हुँदा लागत थप बढ्न पुगेको ति व्यवसायीले बताए ।

श्रममन्त्री र विभाग महानिर्देशकको कुर्सि खाली

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न नसक्दा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहिन रहेको छ । यद्यपी यो मन्त्रालयको जिम्मा प्रधानमन्त्री स्वयम्ले हेर्दै आएपनि विभागीय मन्त्री भए सरह हुनेपर्ने काम ठप्प छन्  । त्यतिमात्र होइन वैदेशिक रोजगारीको नियामक जिम्मेवारी पाएको वैदेशिक रोजगार विभाग नेतृत्वविहिन बन्न पुगेको छ । विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले उमेरहदका कारण भदौ ६ (बुधबारदेखि) सेवाबाट अवकाश लिएसंगै विभाग नेतृत्व बिहिन बन्न पुगेको हो ।

दवाडी गत वैशाख ५ गते विभागको महानिर्देशकको जिम्मेवारीमा आएका थिए तर उनले करिब ४ महिने कार्यकालमा  वैदेशिक रोजगार विभागको नियमित विभागीय काम बाहेक केहि प्रगति गर्न सकेनन्। उनले इजरायल रोजगारीको लागि आवेदन संकलनको प्रक्रिया मात्र सुचारु गर्न सके तर सम्पूर्ण प्रक्रिया सकेर इजरायलमा युवालाई पठाउने समयसम्म काम गर्न अवसर पाएनन्  ।

दवाडी भन्दा अगाडी विभागको महानिर्देशक भएर जिम्मेवारी सम्हालेका भिष्मकुमार भुसार र कुमार दहालको वैदेशिक रोजगारीमा ठगीका उजुरी माथी छानविन गर्दै अनुगमनलाई तीब्र बनाएका थिए तर दवाडी आएपछि अनुगमन ठप्प मात्र भएन विभागको कार्यशैली प्रति आम युवाहरुले प्रश्नउठाएका छन् । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराई विभागले नियमित अनुगमन गरिरहेको दावी गर्दछन् । अगुगमन गरिरहेको भए विवरण उपलब्ध गराउन माग गर्दा निर्देशकभट्टराईले त्यस्तो खास केहि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु