2026-06-20 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमनेस्टीले भन्यो ‘कतारमा नेपाली र बंगालदेशी श्रमिक बढी शोषणमा’

भदौ १३, काठमाडौं । एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमा नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी शोषित भएको प्रतिवेदन सार्वजनिक गरेको छ। एमनेस्टीले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा कामको दौरान मृत्युवरण गरेका श्रमिकको मृत्युको कारण लुकाउने गरिएको र कतारी अधिकारीले राम्रोसँग छानवीन नगरेको उल्लेख छ।

प्रतिवेदनमा नेपाल र बंगाली गरी ६ आप्रवासी श्रमिकको मृत्युको प्रतिवेदनमाथि गहिरो अनुसन्धान गरिएको छ। जसमा निर्माण क्षेत्रमा काम गर्ने ४, एक सेक्युरिटी गार्ड र एक ट्रक ड्राइभरको मृत्यु प्रमाण–पत्रको विषयमा विस्तृत अनुसन्धान गरिएको छ।

कतार जानुपूर्व यी सबैले आवश्यक सम्पूर्ण स्वास्थ्य परीक्षण गरेको र उनीहरू मध्ये कसैलाई भित्री स्वास्थ्य समस्या नभएको एमनेस्टीको प्रतिवेदनमा उल्लेख छ। उनीहरूको मृत्युपछि परिवारका सदस्यले क्षतिपूर्ति पनि नपाएको प्रतिवेदनले स्पष्ट पारेको छ।

मृत्यु हुनेमा बंगलादेशका ४० वर्षीय मञ्जुर खाँ पठानको घटना उल्लेख छ। मञ्जुर ट्रक चालकको रूपमा कतार पुगेका थिए। उनी कतारमा १२ देखि १३ घण्टा काम गर्थे। उनले आफ्नो क्याबिनको ‘एयर कन्डिसन’ ठिक नभएको गुनासो धेरै पल्ट कम्पनीलाई गरेका थिए। तर, ९ फेब्रुअरी २०२१ मा उनी अचानक आफ्नो कोठामा मृत फेला परे। एम्बुलेन्सबाट उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे।

यस्तै, कतारको एउटा मरुभूमिको प्रोजेक्टमा पाइप फिटिङको काम गर्ने ३२ वर्षीय सुजन मियाको २४ सेप्टेम्बर २०२० मा मृत्यु भएको थियो। सहकर्मीले उनलाई बिहान ओछ्यानमा मृत अवस्थामा फेला पारे। सुजनको मृत्यु हुँदा चार दिनदेखि कतारको तापमान ४० डिग्री माथि थियो।

यसैरी ३४ वर्षीया तुलबहादुर घर्ती पनि २८ मे २०२० का दिन सुतिरहेकै अवस्थामा मृत फेला परे। उनी निर्माण कार्यमा मजदुरी गर्थे। निधन हुनुभन्दा अघि लामो समयदेखि उनी ३९ डिग्री सेल्सियसको तापक्रममा लगातार १० घन्टासम्म काम गरिरहेका थिए। निर्माण कार्यमै संलग्न ३४ वर्षीय सुमन मियाको पनि २९ अप्रिल २०२० मा मृत्यु भयो। उनी पनि ३८ डिग्री सेल्सियसको तापमानमा लामो ड्युटी गरिरहेका थिए।

कतारको एयरपोर्टमा सुरक्षागार्डको रूपमा काम गरेका ३४ वर्षीया यम बहादुर रानाको पनि २२ फेब्रुअरी २०२० मा निधन भएको थियो। अझ, उनको निधन त कार्यस्थलमै भएको थियो। उनी पनि लामो समयदेखि चर्को गर्मीमा ड्युटी गरिरहेका थिए।

एमनेस्टीले कतारमा अकाल मृत्युवरण गरेका यी अभागी श्रमिकको परिवारसँग पनि अन्तर्वार्ता गरेको थियो। परिवारका सदस्यले आफ्नो मान्छे प्रवासमा स्वस्थ रहेको विश्वास गर्दागर्दै एक्कासी मृत्युको दुःखद् खबर सुन्दा शोकमा डुबेको बताएका छन्। अन्तर्वार्ता गरिएका मध्ये अधिकांशले श्रमिकलाई अत्यधिक तापक्रम एवं अप्ठ्यारो परिस्थितिमा नियमित काम गर्नुपरेको कारण मृत्यु भएको बताएका थिए।

कतारमा ज्यान गुमाएका यामबहादुर राना

यम बहादुर रानाकी श्रीमती भुमिसराले भावुक हुँदै भनेकी छिन्, ‘मेरो श्रीमानले चर्को घाममा लामो समय बाहिर ड्युटी गर्नुपथ्र्यो। मैले उहाँ कहिले पनि बिरामी भएको सुनेकी वा जानेकी थिइन। मलाई लाग्छ उहाँको सुख्खा र अत्यधिक तापक्रमको कारणले हृदयघात भएर मृत्यु भयो।’

त्यस्तै, तुलबहादुर घर्तीकी श्रीमती विपनाले पनि बताएकी छिन्, ‘मलाई उहाँ सामान्य बिमारी भएको पनि कहिल्यै थाहा थिइन। उहाँको एक्कासी मृत्युको खबर सुन्दा पत्याउनै गाह्रो भयो। मैले तातो तेलमा जल्दै गरेको महसुस गरे।’एमनेस्टीले सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा यतिधेरै आप्रवासी श्रमिकलाई फसाउने क्रम जारी रहेको र शोषणको चक्रलाई मृतकका परिवारले सामना गरिरहेका उल्लेख छ।

कतारमा ज्यान गुमाएका तुलबहादुर घर्ती


कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने जिम्मेवारी २०१० मा पाएसँगै कतारले आफ्नो श्रम कानूनमा थुप्रै सुधार गरेको छ। तर, कमजोर कार्यान्वयनका कारण श्रम सुधार सम्बन्धि ती कानून व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेका छैनन्। अहिले कतारमा श्रमिकमाथिको शोषण सामान्य बनिसकेको छ। थुप्रै आप्रवासी श्रमिक बेईमान रोजगारदाताको दयाको पात्र बन्न विवश छन्। ती रोजगारदाताका कारण श्रमिकमाथि ठूलो दुब्र्यवहार भएको छ। ‘श्रमिकमाथि शोषणको जालो कहिलेसम्म?’ थुप्रै आप्रवासी श्रमिकले यतिबेला यसको जवाफ पाउन नसकेको एमनेस्टीको ठहर छ।

एमनेस्टीले कतारलाई आफ्नो श्रम कानूनलाई बलियो बनाउन र त्यसको कार्यान्वयनलाई प्रभावकारी ढंगले लागु गर्न आग्रह गरेको छ। उसले श्रमिकलाई अत्यधिक तापक्रमबाट बचाउन कतार सरकारलाई आवश्यक आरामको व्यवस्था गर्न सुझाव दिएको छ। श्रमिकको जोखिम न्यूनीकरणको लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउन पनि सुझाव दिएको छ। यस्तै, श्रमिकको मृत्युको अनुसन्धान प्रक्रियामा सुधार ल्याउन, प्रमाण–पत्र र क्षतिपूर्ति दिने प्रक्रियालाई समय सापेंक्ष बनाउन सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ