2026-09-25 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

भदौ १६, काठमाडौँ | वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँ सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा जानुभएको थियो । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताउनुभयो ।

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा हुनुहुन्छ । विनिताले भन्नुभयो, “श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।” 

विनिताले थाहा पाएसम्म उहाँका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा जानुभएको थियो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक