साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतार"/>
2026-07-04 07:41 AM
काठमाडौँ - KTM

हेल्लो सरकार ! काठमाडौंमै ठगियौं, न्याय चाहियो ? म्यानपावरबाट यसरी ठगिँदैछन् बेरोजगार युवा !

2016-08-16

साउन ३२, काठमाडौं । एयरपोर्ट वरपर युवाको एउटा समूह १५ दिनदेखि दिनभरि यता-उता भौतारिरहेको छ । यो समूहमा संखुवासभाका ८ युवक छन् । वैदेशिक रोजगारीमा लागि दुबई जनका लागि घरबाट विदावारी भएर आएका उनीहरु ‘घर न घाटको’ भएका छन् ।

उनीहरु साझा पीडामा छ, विदेश गएर पैसा कमाउने सपना तुहियो । त्योभन्दा ठूलो पीडामा उनीहरु यसकारण छन् कि ऋण गरेर भेरिकर्णाली म्यानपावरलाई बुझाएको ठूलो रकम ठगिएको छ । रकम बुझेपछि म्यानपावरका निर्देशकलाई त्यही संस्थाले ‘मेरो मान्छे हैन’ भन्दै पन्छिन खोजेको छ । तर, यसलाई म्यानपावरले बुनेको जाल मान्छन्, ठगिएका युवाहरु ।

अनलाइनखबरको टिम उनीहरु बसेको होटल पुग्दा उनीहरु निराश अवस्थामा भेटिए । कोठाको ओछ्यान असरल्ल थियो । ‘टीभी हेर्नेबाहेक के नै काम छ र, म्यानपवरले धोका नदिएको भए यतिबेला दुबईको स्टार होटलमा वेटरको काम गर्दै हुन्थ्यौं होला’ एक युवकले गुनासो पोखे ।

प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले १६ लाख रुपैयाँ बुझाएपछि ठगिएका उनीहरु ठूलो तनावमा छन् । त्यसैले ठगी गर्ने म्यानपावर र रकम लिएर बेपत्ता भएका निर्देशकलाई कारवाही गर्न र आफ्नो रकम फिर्ता गराइदिन माग गर्दै उनीहरु विभिन्न निकायमा धाइरहेका छन् ।

तर, उनीहरुले सहयोगको अपेक्षा पाउने बचनभन्दा बढी तिरस्कार र अपमान भोगिरहेका छन् । तैपनि गुमेको पैसा फिर्ता पाइने झिनो आश मारेका छैनन् । यो खबर उनीहरुले घरमा भनेका छैनन्, किनकि ऋण गरेर लिइएको रकम ठगिएको कुराले तनाव मात्रै दिन्छ । त्यसैले कुराकानीमा उनीहरुले आफ्नो परिचय सार्वजनिक नगरिदिन आग्रह गरे ।

कसरी ठगियो ?

ठगिएका आठ युवामध्ये ६ जना यसअघि नै वैदेशिक रोजगारीमा गएर फर्किसकेका हुन् । २ जना भने पहिलोपटक विदेश जाने योजनामा थिए ।

विदेश जानका लागि उनीहरुले गाउँका एक युवकमार्फत भेरी-कर्णाली म्यानपावरमा सम्पर्क गरे । सम्पर्कमा आए म्यानपावरका निर्देशक नगेन्द्रबाबु आरसी । उनीसँग सम्पर्क गराउने युवक पनि ओमान जानका लागि त्यही म्यानपावरमार्फत प्रोसेसिङ गर्दै थिए ।

युवकहरु निर्देशक आरसीलाई भेट्न भेरिकर्णाली म्यानपावरको काठमाडौं मित्रपार्कस्थित कार्यालय आए । एक युवक भन्छन्-कार्यालयमा जाँदा त मोबाइल पनि लैजान नपाइने रहेछ । पुरै स्टान्डर्डसँग बसेको थियो त्यो निर्देशक । म्यानपावरको निर्देशकलाई नै भेटेर दुबई जाने भनियो । उनले पनि एक होटलका लागि डिमान्ड आएको छ भने ।’

म्यानपावरको निर्देशक भएको भिजिटिङ कार्ड नै देखाएपछि उनीहरु विश्वासमा पर्नु अस्वभाविक थिएन । त्यसपछि उनीहरुले भिसाका लागि पासपोर्ट बुझाए । केही दिनमा भिसा आएको खबर आयो र उनीहरु काठमाडौं आए । फ्लाइट फिक्स भएको भन्दै फोन गरेपछि दुई हप्ता अघि नै आठै जना युवा घरबाट विदा भएर निस्कएका थिए उनीहरु । म्यानपावरमा गएर बुझ्दा दुबईको रोयल प्यालेस होटलका लागि भिसा लागेको कागज देखाइयो ।

महिनामा ४२ हजार कमाइ हुने, आेभर टाइम पाइने लगायतका आश्वासन दिइयो । त्यसपछि खर्चबारे बुझ्दा सुरुवातमा २ लाख ३० हजार रुपैयाँ लाग्ने म्यानपावरले बतायो । उनीहरु पैसा लिएर म्यानपावर पुगे । तर, म्यानपावरमा पैसा लिँदा समस्या हुन्छ भन्दै खातामा पैसा हाल्न भन्यो । त्यसैअनुसार उनीहरुले रकम जम्मा गरिदिए । उनीहरुसँग रकम जम्मा गरेको रसिद साथैमा छ ।

तर, जब पैसा बुझे म्यानपावरको बोली फेरिन थाल्यो । सुरुवातमा उनीहरुलाई फ्लाइट क्यान्सिल भयो भनेर केहीदिन कुर्न भनियो । होटलमा ७ हजार रुपैयाँ तिरिदिएर नउडुञ्जेसम्म आफ्नै खर्चमा राख्ने आश्वासन दियो ।

गत सोमबार सोमबार बेलुका निर्देशक आरसीले फोन गरेर आफू टिकट काट्न ट्राभल एजेन्सीमा रहेको र आफूलाई थकाइ लागेकाले मंगलबार विहानै टिकट होटलमै ल्याइदिने बताएका थिए । तर, मंगलबार विहान उनको फोन स्वीच अफ भयो । त्यही पनि उनीहरु आत्तिएनन् र हवाइ टिकेट लिन म्यानपारको कार्यालय पुगे ।

तर, म्यानपावरले उनीहरुलाई भित्र छिर्न दिएन र भनियो निर्देशकले १ वर्षअघि नै काम छोडेका हुन् । १५ दिन अघि मात्रै त्यही अफिसमा उनीहरुले निर्देशक आरसीलाई भेटेका थिए । उनको कोठामा निर्देशकको बोर्ड झुण्ड्याइएको थियो । म्यानपावरको सञ्चालकलाई भेटौं भन्दा निर्देशक आरसीले आफ्नो भाउजु हुन् भन्दै आफूलाई भेट्दा हुने भन्दै टारेका थिए ।

म्यानपावरमै बसेर लुटियो 

अहिले निर्देशक आरसी लाखौं रकम लिएर बेपत्ता छन् । म्यानपावरले उनी आफ्नो आधिकारिक कर्मचारी नभएको दाबी गरिरहेको छ । तर, युवाहरु यो मान्न तयार छैनन् । ‘हामीले त्यही म्यानपावरको कार्यालयमा गएर उनलाई भेटका हौं । म्यानपावरले एकवर्ष अघि निकालेको मान्छे भए निर्देशकको बोर्ड झण्ड्याएर त्यही आफिसभित्र किन बस्छ ? किन भिजिटिङ कार्ड भेरिकर्णालीको नाममा बनाउँछ ?, ठगिएका एक युवक भन्छन् ।

उनीहरुले भनेका छन्, हामीले व्यक्तिसँग हैन, भेरिकर्णाली म्यानपावरसँग कारोबार गरेका हौं । उनले फ्री भिसा छल्न उनको व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाएका हुन् ।’

युवाहरुको पैसा व्यक्तिगत खातामा हाल्न लगाउने म्यानपावरले अहिले आफूलाई जानकारी नै नभएको भनेर ढाँटिरहेको छ ।

यो म्यानपावर फ्री भिसा कार्यान्वयन नगरेको भन्दै गत वैशाखमा पनि कारवाहीमा परेको थियो । तर, पटक-पटक ठगी गरेपनि खारेजी नगर्ने सरकारी नीतिले युवाहरु ठगिने क्रम रोकिएको छैन ।

म्यानपावरकी सञ्चालिका कल्पना रावतले रकम लिएर भाग्ने नगेन्द्रबाबु आरसी आफ्नो जिल्लाको चिनेको भाइ भएको बताइन् । त्यसैकारण उनले आफूले म्यानपावरमा उनलाई कोठा दिएको र उसले ठग्ला भन्ने नसोचेको भन्दै आफ्नो बचाउ गरिन् ।

रावतले एकवर्ष अघिसम्म उनी आफ्नो म्यामनपावरमा कार्यरत रहेको भएपनि अहिले आफ्नो कार्यालयसँग कुनै सम्बन्ध नरहेको दाबी गरेपनि किन आरसीलाई कार्यालयमा स्थान दिइयो भन्ने अनलाइनखबरको प्रश्नमा नाजवाफ रहिन् ।

उनले आफ्नो म्यानपावरले अफिसियल रुपमा पैसा नुबुझेकाले त्यसको जिम्मेवारी नलिने भन्दै पन्छिइन् ।

न्यायको आशा

यसरी ठगिनेमा संखुवासभाका युवा मात्रै छैनन् । रोल्पाबाट आएका थुप्रै युवाको रकम लिएर आरसी बेपत्ता भएका छन् ।ठगिएका १४ जना युवाले २७ लाख ठगिएको वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान महाशाखामा पनि उजुरी गरेका छन् । उनीहरु त्यहाँबाट न्याय पाइन्छ भन्ने झिनो आशामा छन् ।

‘विभागले एक हप्तापछि फेरि बोलाउँछु भनेको छ । तर, होटलमा ३० हजार बढीको बिल उठिसक्यो । अब त्यो रकम फिर्ता लिन सकिएन भने अरु ऋण बढ्छ’ एक युवकले निराश हुँदै भने,’सरकार फि्र भिसा भन्छ । हामीलाई फ्री भिसामा जाने भए सरकारसँगै गएर माग भन्छन् । पैसा तिरेरै जाउँ न त भनेर लाग्दा म्यानपावरभित्रै बस्नेले ठग्छन् । अनि म्यानपावर चलाउने नै भन्छ, ठग्ने मेरो मान्छे होइन ।’

अब म्यानवारले नै योजना बनाएर ठगी गरेको हुन सक्ने आशंका युवाहरुको छ । तर, प्रमाण नभएकाले उनीहरु प्रहरी र विभागको अनुसन्धानको निश्कर्षको प्रतिक्षामा छन् । उनीहरु कुनै छिनोफानो नभएसम्म घर फर्किन अप्ठेरो भएको बताउँछन् । -अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो