2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा !

भदौ १७, काठमाडौं । इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा देखिएको भन्दै इजरायल स्थित नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था – MASHAV द्वारा संचालित परियोजना “Learn & Earn” अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भई विभिन्न ५ वटा ईजरायली कृषि केन्द्रहरुमा ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल गएका नेपाली विद्यार्थीहरुमध्ये १० जना सम्पर्क विहिन भएको भन्दै दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।

“देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएकोमा कुनै सन्देह नहोला । २/४ जनाको वदमासीले गर्दा वार्षिक ५०० जनाको ढोका बन्द गरिनु अपराध हो । दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक १००० पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ।” दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।

हालसम्म Sedot Negev Agriculture Training Center बाट ४ जना, Ashkelon स्थित The External Studies Institute बाट २ जना, Kinneret स्थित कलेजबाट २ जना र Arava International Center for Agriculture Training बाट २ जना सम्पर्क विहिन भएका दुतावासले जनाएको छ । साथै, विद्यार्थी बाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्क विहिन भएको पाइएकोले उनीहरु सबैको खोजी भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्क विहीन भएका मध्ये  केहीको पत्तो लागिसकेकोले प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दुतावासले जनाएको छ।

सम्पर्क विहिन विद्यार्थी लगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन दुतावासले अनुरोध गरेको छ । सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने दुतावासको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु