2026-10-16 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगार: परीक्षा दिएको दुई दिनमै नतिजा, अबको एक महिना भित्रै छनौट

अनिल अधिकारी | भदौ १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकाहरूको लिखित परीक्षा २८ भदौमा सञ्चालन हुँदैछ । विभागका अधिकारीहरुले गत मंगलबारनै परीक्षा केन्द्रहरुको अनुगमन गरेका छन् । 

बिभागले गत १२ साउनदेखि २१ दिनको म्याद राखेर आवेदन खुल्ला गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरूको लोकसेवा मोडलबाट लिखित परीक्षा हुनेछ । लिखित परीक्षाको प्रविधिबाटै परीक्षण हुने हुँदा दुई दिनमै नतिजा दिने बिभागको तयारी छ । 

इजरायलको लागि अनलाइन आवेदन दिएर आनलाइन आवेदनबाट छानिएकाहरुले आफ्नो परीक्षा केन्द्रको जानकारी, परीक्षामा सहभागी हुनको लागि प्रवेशपत्र र परीक्षा दिएपछि आउने नतिजा अंकभार सहित आफ्नै Username Password मार्फत जानकारी पाउन सक्नेछन् । 

बिभागका अनुसार इजरायलमा रोजगारको लागि बिभागले अनलाइन आवेदन दिन समय तोकेको अवधिमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । दरखास्त परेका मध्ये चार हजार २०० महिला र पाँच हजार ४९९ जना पुरुषहरु रहेका छन् । 

बिभागका अनुसार भदौ २८ गते दिनको १ बजेदेखि परीक्षा हुँदैछ, जसमा ४० प्रश्न सोधिनेछ । परीक्षा दिएपछि त्यसको परीक्षण (ओएमआर) कम्प्युटर प्रविधिबाट हुने र नतिजा दुई दिनमै सार्वजनिक गर्ने तयारी रहेको वैदेशिक रोजगार बिभागका निर्देशक कमल ज्ञावालीले बताए ।

ज्ञावालीका अनुसार भाषा परीक्षामा कोरोना महामारीको ख्याल राख्दै एउटा कोठामा २५ जनाभन्दा बढी नराख्ने र संक्रमितलाई छुट्टै कोठामा राखेर परीक्षा लिइनेछ । ज्ञावालीका अनुसार भदौ २८ मा ८० अंकको अंग्रेजी भाषाको लिखित परीक्षा हुने तथा त्यसको १० दिनभित्रै २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुनेछ । 

लिखित भाषा परीक्षा र अन्तर्वार्ताबाट एक हजार ४०० जनाको नामावली नेपाल स्थित इजरायलको दुतावासमा बुझाउने ज्ञावालीले बताए । जुन नामावलीबाट दुतावासले गोलाप्रथा गरि ७०० महिला र ३०० पुरुषहरु इजरायल रोजगारको लागि छनौट गर्ने ज्ञावालीले बताए । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु