2026-10-16 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नक्कली ‘ट्राभल डकुमेन्ट’ बनाउने यात्रुलाई १ लाख रियालसम्म जरिवाना, ५ वर्ष प्रतिबन्ध

भदौ २०, रियाद । साउदी अरबले कानून उल्लंघन गर्दै यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउने विदेशी नागरिकका लागि जरिवाना रकममा गुणात्मक वृद्धि गरेको छ। 

साउदीको मन्त्री परिषद्द्धारा हालै अनुमोदित कानूनमा ‘ट्राभल डकुमेण्ट’ को पालना नगर्ने व्यक्तिलाई १ लाख साउदी रियालसम्मको दण्ड जरिवाना गराउने प्रावधान राखिएको छ। यसअघि जरिवाना शुल्क ५ हजार साउदी रियाल मात्र थियो।

संसोधित विधान अनुसार ‘ट्राभल डकुमेन्ट’ को उल्लंघन गर्ने व्यक्तिलाई पाँच वर्षसम्म यात्रा प्रतिबन्ध लगाइने नियम पनि अनुमोदन भएको छ। यसअघि उल्लंघनकर्तालाई तीन वर्ष यात्रा प्रतिबन्ध लगाउने नियम थियो।

यस्ता उल्लंघनकर्ताविरुद्ध लागू हुनेछ कारवाहीः

–राहदानीमा उल्लेखित विवरणमा थपघट वा परिवर्तन गर्ने व्यक्ति उपर।

–राहदानी र यात्रा अनुमतिपत्रमा अप्रतिबन्धित पहुँच वा आवागमन बनाउने व्यक्ति उपर।

–जानीजानी राहदानी वा अन्य यात्रा कागजात नष्ट गर्ने वा त्यस्ता कागजातमा व्यक्तिगत फोटो परिवर्तन गर्ने व्यक्ति उपर।

–लापरवाहीको कारण राहदानी वा यात्रा अनुमतिपत्र हराउने व्यक्ति उपर।

–जानीजानी राहदानी वा यात्रा अनुमतिपत्र गैरकानुनी रूपमा दुरुपयोग वा बिक्री वितरणमा संलग्न हुने व्यक्ति उपर।

–तेस्रो पक्षसँग सम्बन्धित राहदानीको प्रयोग गर्ने व्यक्ति उपर।

–यात्रा कागजात (ट्राभल डकुमेन्ट) बिना साउदी अरब छोडेर अन्यत्र जान खोज्ने वा साउदी अरब प्रवेश गर्न खोज्ने व्यक्ति उपर।

–निर्धारित बिन्दुबाहेक अन्य बिन्दुबाट राज्यमा प्रवेश गर्ने वा छोड्ने यात्री उपर।

संसोधित नियमअनुसार यात्रा कागजात कानून (ट्राभल डकुमेन्ट ल) र यसको कार्यकारी नियमको कुनैपनि प्रावधानको उल्लंघन गर्नेलाई जरिवाना लगाइने स्रोतले बताएको छ। यद्यपि क्षम्य (माफी योग्य) भएका यात्रीको हकमा भने सो कारवाही नगरिने बताइएको छ।

यस्तै, संसोधित यात्रा कानुन अनुसार यात्रा प्रतिबन्धित देशहरू आन्तरिक मन्त्रीले तय गर्ने र राहदानी महानिर्देशनालय अन्तर्गत रहेका विभागले उल्लंघनकर्ताविरुद्ध आवश्यक कारवाही गर्ने छन्।

यसै सन्दर्भमा कानूनले यात्रा कागजात कानून वा यसको कार्यकारी नियमको उल्लंघन गनेका लागि निर्धारण गरिएका यसभन्दा पूर्वका सजायसम्बन्धी अन्य व्यवस्थालाई पनि समेटेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु