2026-07-28 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार प्रहरीको लागि थप हजारौं डिमाण्ड आउँदैछन् ? रोजगारदाता देखिनै सेटिङ ?

अनिल अधिकारी | भदौ २२, काठमाडौँ | ‘कतार प्रहरीको लागि थप हजारौं डिमाण्ड आउँदैछ रे हो ?’ यो प्रश्न धेरै जना वैदेशिक रोजगारको लागि कतार पुलिसको डिमाण्डको पर्खाईमा बसेका युवाहरुको प्रश्न हो । कयौं वैदेशिक रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले भने यही प्रश्नको माध्यमबाट चलखेल गरेको पाइएको छ । 

वैदेशिक रोजगारको आकर्षण बनेको कतार प्रहरीको लागि पछिल्लो पटक दुई सय जनाको डिमाण्ड प्रमाणीकरण भएसंगै सम्बन्धित म्यानपावरमा भन्दा अन्य म्यानपावर तथा एजेन्ट अखडाहरुमा अन्तर्वार्ता र कागजात संकलनको कामहरु हुन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. लाई पूर्व स्वीकृति दिएको थियो । जसमा ७ देखि १० लाखसम्म लागत तिरेकाहरुलाई मात्र लैजाने तयारी सहितको एजेन्ट सेटिङ भएको बुझिएको छ । 

यता कतार पुलिसको डिमाण्ड आएसँगै कतार प्रहरीको डिमाण्ड निकट भविष्यमै आउने भन्दै काठमाडौँको गोंगबु र सिनामंगल क्षेत्रमा धमाधम डकुमेन्ट संकलन भईरहेको पाइएको छ । डकुमेन्ट बुझाउनेहरुमा अधिकांश रोजगारकै क्रममा रहेका नेपाल प्रहरी र सुरक्षाकर्मीहरु समेत रहेको बताइएको छ । कतिपयले अग्रिम अशुली समेत लिईसकेको स्रोतको दावी छ । वर्तमान वैदेशिक रोजगार नीति अनुसार कुनै पनि वैदेशिक रोजगारको डिमाण्ड पूर्वस्वीकृति अगावै अन्तर्वार्ता लिन पाइदैन । अन्तर्वार्ता लिएका स्थानहरुमा सरकारी निकायले स्वीकृति दिनु अगावै हजारौं कामदारको माग आउंदैछ भन्दै भ्रम छरिएको पाइएको छ । कतार स्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण गरेपछि मात्र सम्बन्धित डिमाण्ड आए/नआएको आधिकारिक हुन्छ । कतार स्थित नेपाली दुतावासले हालसम्म दुई सय जनाको भन्दा बढी माग कतार पुलिसको लागि नआएको जनाएको छ । दुतावासले हजारौंलाई कतार पुलिसमा लगिदैछ भन्ने भ्रममा नपर्न अनुरोध गरेको छ । दुतावासका अनुसार कतार पुलिसमा जानको लागि भिसा शुल्क निशुल्क हो । हवाई शुल्क समेत लाग्दैन । कतार पुलिसको नाममा कुनै शुल्क उठाउन पाइदैन । 

एजेन्टहरुलाई कतार प्रहरीको डिमाण्डमा अशुली गरेर ठगि गर्न सजिलो समेत छ । रोजगारीको लागि अधिकांश सरकारी सेवामै कार्यरत हुने हुँदा भविष्यमा ठगिएपनि उजुरी दिन डराउँछन् । यसअघि यस्तै प्रकृतिको ठगिमा परेका एक नेपाल आर्मीले गुनाशो गरेका थिए ‘एजेन्टले विदेश पठाईदिन्छु भनेर एक लाख अग्रिम लियो । बैंक मार्फत पैसा दिएको प्रमाण पनि छ तर एजेन्टले विदेश पठाउन नसकेपछि पैसा फिर्ता दिईरहेको छैन, सरकारी सेवामै रहेको कारण उजुरी दिन सकिरहेको छैन ।’

वैदेशिक रोजगार ऐन अनुसार विदेशस्थित दूतावास वा नियोगबाट मागपत्र प्रमाणीकरण भएपछि पूर्व स्वीकृति लिएको म्यानपावरले मात्र सम्बन्धित डिमाण्डको अन्तर्वार्ता लिन पाउँछ । तर एउटा म्यानपावरको डिमाण्ड अनेकौं स्थानमा अन्तर्वार्ता हुनुले कतार प्रहरीको नाममा चर्को अशुली र ठगि हुनसक्ने बुझिएको छ । 

झापाबाट एक युवाको जिज्ञाशा छ ‘मैले कतार पुलिसको डिमाण्ड देखेको थिएँ, जानकारी लिन सम्बन्धित म्यानपावरमा सम्पर्क गर्दा फोन बिच्छेदमात्र भई रहन्छ । धेरै फोन गर्ने प्रयास गर्दा समेत फोन लाग्दैन/उठ्दैन । के त्यो डिमाण्ड विशेष मान्छेको लागि मात्र हो ? यदी आम सवै युवाहरुबाट छनौट गर्न लागिएको हो भने सार्वजनिक डिमाण्डमा म्यानपावरको न त इमेल छ नत कुनै व्यक्तिगत सम्पर्क गर्ने मोबाइल नम्वर ! फोन नम्बर छ उठ्दैन ।’ यो एउटा प्रतिनिधि गुनाशो मात्र हो । कतार पुलिसको डिमाण्ड आएको म्यानपावरको नाम Al-Tauqet Overseas Nepal Pvt. Ltd. हो । सम्बन्धित म्यानपावरले राष्ट्रिय दैनिकमा दिएको सम्पर्क नम्बर अनुसार सम्बन्धित म्यानपावरको फोन नम्बर 01-4003583 (6 Line) उल्लेख छ । दैनिक पत्रिकामा छापिएको नम्बर 01-4003583 नियमित इन्गेज आईरहेको गुनाशो प्राप्त भएको थियो । बाँकी (6 Line) को अर्थ आधा भन्दा बढीले बुझेनन् । ति नम्बरहरुमा फोन गर्दा समेत फोन लागिरहेको थिएन । कतार पुलिसको डिमाण्डबारे बुझ्न चाहेकाहरुले फोन नलाग्ने जानकारी दिएपछि हामीले पनि तीन दिनसम्म नियमित फोन सम्पर्क गर्दा फोन लागेन । 

म्यानपावरको फोन अन्तर्वार्ताको मिति तोकिए अगावै किन लागेन भन्ने प्रश्नमा म्यानपावरका संचालक तथा श्रम प्रतिनिधिहरुले अनभिज्ञता मात्र प्रकट गरेका छन् । डिमाण्ड बिज्ञापन गरेर फोन नलाग्ने बनाएर राख्नुको कारण सोध्दा म्यानपावरका संचालक मनिराम श्रेष्ठले भने ‘म अफिस गएर बुज्छु, अहिले म बाहिर छु ।’ 

कतार पुलिसमा जान चाहने युवाहरुले सम्बन्धित म्यानपावर भिजिट गर्नुअघि केहि जानकारी माग्न खोज्नु स्वभाविकनै हो । सामान्य नागरिक बनेर सम्बन्धित म्यानपावरमा नियमित फोन गर्दा फोन नउठ्नुले सम्बन्धित म्यानपावरको व्यावहारिकतामा प्रश्न चिन्ह खडा भईरहेको छ । डिमाण्डबारे बुझ्न फोनबाट सम्भव नभएपछि सम्बन्धित म्यानपावरमै पुग्न खोज्नेहरुले समेत सम्बधित म्यानपावर नदेखेर फर्किएको गुनाशो गरेका छन् । 

केहि स्रोतलाई आधार मान्ने हो भने कतार पुलिसमा पठाउनको लागि २०० जनाको डिमाण्ड निकालेको Al-Tauqet ले करोडौं रकम अशुलीको बाटोमा छ । कतिपयले अग्रिम समेत बुझाईसकेका छन् । सेटिङमा सहभागीहरुले अवसर गुम्ने डरले खुलेर यस समबन्धमा कुनै निकायमा मुख खोल्दैनन् । जसको कारण अशुली गर्नेहरुलाई पैसा अशुली गर्न सहज भईरहेको छ । 

एजेन्ट तथा पहिलेनै अशुलीको ग्यारेन्टीसहित तय भएका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा सहभागी गराइएको बताइएको छ । जतिसके कम सहभागी हुन् भन्ने योजना मुताविक डिमाण्ड आएदेखिनै म्यानपावरले फोन सम्पर्क बिच्छेद गरेको बुझिएको छ । स्रोतको अनुसार सम्बन्धित म्यानपावरले केहि बिशेष एजेन्टहरुबाट आएका व्यक्तिहरुलाई मात्र पैसा लिएर अन्तर्वार्तामा पास गराएको छ । पास भएका व्यक्तिहरु डिमाण्ड आएपछि छनोटमा परेको नभई पहिलेदेखिनै तयार पारी राखिएको बुझिएको छ । स्रोतको दावी छ ‘म्यानपावरले सरकारी प्रक्रिया पुरा गर्न मात्र डिमाण्डको अन्तर्वार्ता मिति तोकेको हो । पहिलेनै छानिएका छन् ।’ छानिएकाहरुले अग्रिम पैसा बुझाईसकेका छन् ।

कतार पुलिसको डिमाण्डको सम्बन्धमा एजेन्टको चलखेल रहेको एउटा फेसबुक पेजको पोष्टले पुष्टि गर्छ । नेपालको विद्यमान वैदेशिक रोजगारको नीति बिपरित आएको यो सूचना हेर्नुहोस् ।

सूचनामा उल्लेख छ ‘QATAR POLICE सम्बन्धमा काठमाडौं स्थित एक मेनपावर कम्पनीले आज मिती   भाद्र २१ गते, september 06 मा  QATAR POLICE को अन्तरबार्ता लिने भनी विभिन्न अखबर तथा Youtube हरुले वास्तविक कुरो नबुझी समाचार सम्प्रेषण गरेको छ । बास्तबमा सम्बन्धित म्यानपावर कम्पनीले बिगत १० महिना अगाडि कतार पुलिसमा मान्छे पठाउन लिएको अन्तरबार्तामा छनोट हुन सफल पुलिसमेनहरुलाई बैधानिक तरिकाले कतार पठाउन (श्रम स्वीकृति लिन) कुनैपनि राष्ट्रिय दैनिक अखबर पत्रिकामा  छपाउनुपर्ने  प्रावधान अनुसार सो ” Demand” को बारेमा पत्र-पत्रिकाहरुमा छपाइएको मात्र हो । आज भाद्र २१ गते अन्तरबार्ता हुदैन, भ्राममा नपर्नु होला ।’  

माथिको सूचना पोष्ट गर्नेसँग छड्के (बैदेशिक रोजगारमा जाने कामदार बनेर) सम्पर्क गर्दा कतार पुलिसमा पठाउन उनिहरुको सक्रियता रहेको बुझिएको छ । ति व्यक्तिसँग बुझ्ने क्रममा माथिको पोष्ट गर्ने व्यक्ति विकास वान्तवा हुन् भन्ने खुलेको छ । साझा सबाल मिडियाले ‘कतार पुलिसको डिमाण्डको अन्तर्वार्ता सकियो ?’ भनेर प्रवेश नाम बताउने व्यक्तिलाई फोन मार्फत सोध्दा ‘हाम्रोमा चाही सकिएको छैन । उता एप्लाई भईराखेको छ, फरर्वार्ड गर्ने काम भईरहेको छ । सिभि पठाउनुहोस् ।’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । ति व्यक्तिले कतार पुलिसमा जानको लागि बासबारीमा रहेको सुनेरा नेपाल म्यानपावरमा आउन समेत आग्रह गरे । तर ति व्यक्तिको जानकारी अनुसार सम्बन्धित म्यानपावरको संचालकसँग बुझ्दा उनि म्यानपावरका कर्मचारी नरहेको बताइएको छ ।

रोजगारदाता देखिनै सेटिङ ? 

कतार पुलिसको डिमाण्डमा यसअघि ठूलो प्रश्नचिन्ह खडा हुने गरि समाचारहरु बाहिरिईसकेका छन् । नेपाल सरकारको वैदेशिक रोजगार नीति बिपरित यसअघि पनि बिभिन्न म्यानपावरले मागपत्रनै नआई अन्तर्वार्ता लिएपछि वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावरमा छापा मारेको थियो । यस क्रममा ति म्यानपावरहरुको कामकाजहरु सरकारले रोकेर कारवाही गरेको थियो । वैदेशिक रोजगार बिभागले छापा मार्ने क्रममा लाजिम्पाट स्थित होप इन्टरनेशनलमा नेपाल स्थित कतार दुतावासकै गाडी भेटिएको थियो । कतार पुलिसमा नेपाली पठाउनको लागि चर्को अशुलीमा मिनिस्ट्री अफ इन्टेरिएरकै अधिकारीहरुदेखिनै आर्थिक अशुली सहितको सेटिङ हुने केहि म्यानपावरका प्रतिनिधिहरुको दावी छ ।

डिमाण्ड अनुसार प्रति कामदार कति दिने डिल भएर मात्र डिमाण्ड आउने गरेको दावी छ । जसलाई बल पुग्ने गरि अहिलेको म्यानपावरले व्यवहार गरिरहेको छ । यसअघि गोप्य रुपमा अन्तर्वार्ता गरि चर्को आर्थिक अशुली लिने दाऊ गरेको आशंकाकै बीच नेपालस्थित कतार दुतावासलाई समेत बिबादित बनाएको कतार पुलिसको डिमाण्ड आउँदा जे अपेक्षा थियो त्यस अनुसार व्यवहार अर्कै देखिएको छ । विवादित डिमाण्ड नेपाली म्यानपावरलाई दिँदा कतारको मिनिस्ट्री अफ इन्टेरिएरले ‘फेयर रिक्रुटिङ’ लाई समेत वेवास्ता गरेको छ । ‘फेयर रिक्रुटिङ’ हुनको लागि बिज्ञापनमा दिईएका सम्पर्क नम्बरहरुमा नियमित फोन लाग्नुपर्ने, फोन उठ्नुपर्ने र जति सक्दो युवाहरुको जिज्ञाशाको चित्तबुझ्दो जवाफ दिएर आशंका मुक्त हुनुपर्ने हुन्छ । साथै पारदर्शी ढंगबाट छनौट प्रक्रिया अबलम्बन हुनुपर्छ । 

अन्यथा एजेन्टका मान्छे मात्र घुसाएर आर्थिक फाइदा लुट्ने गरि व्यवहार गर्न फोन नउठाउने र सकेसम्म आम युवाहरुको सम्पर्कमा आउन नचाहनुले कतार पुलिसको डिमाण्डमा फेरी पनि ठूलो आर्थिक चलखेलको आशंका गर्ने ठाउँहरु देखिएको छ । बजारमा कतार पुलिसको छनौट र अशुलीलाई लिएर बेथिति मौलाउँदै गर्दा वैदेशिक रोजगार बिभाग भने मौन छ । बिभागमा अधिकारीहरु नयाँ आएका छन् । सम्बन्धित निकायका अधिकारीहरुसँग यस सम्बन्धमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । बिभागको महानिर्देशकमा दिपक काफ्ले आएका छन्, उनले बोक्नुपर्ने बिभागको अफिसियल नम्बर ‘स्विच अफ’ गरिएको अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ