2026-10-16 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेप्टेम्बर महिनाको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका सहित)

भदौ २४, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिना भरको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले प्रत्यक दिन दुई उडान गर्न अनुमति पाएको छ । त्यस्तै एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको छ । त्यस्तै फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ ।

प्राधिकरणको तालिका अनुसार काठमाडौंदेखि भारतको राजधानी नयाँ दिल्लीको लागि सातामा १० उडान हुनेछ । जसमा नेपाल एयरलाइन्सले दैनिक एक/एक उडान गर्नेछ भने भारतीय ध्वजाबाहक एयर इण्डियाले साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले सोमबार बाहेक अन्य दिन मलेसियाको क्वालालाम्पुर विमानस्थलमा ६ उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ । त्यस्तै नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्न अनुमति पाएको छ ।

कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । त्यस्तै कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ ।

त्यस्तै जजिरा एयरवेजले कुवेतबाट हरेक दिन एक उडान काठमाडौंको लागे भर्नेछ । 

कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ । 

त्यस्तै जापानको नारितामा नेपाल एयरलाइन्सको जहाज हरेक बिहीबार जाने छ । 

हङकङ विमानस्थलमा हरेक मंगलबार नेपाल एयरलाइन्सको उडान हुने छ ।

त्यस्तै सलाम एयरको जहाज मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं आउने छ । 

यस्तै टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । 

सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ । 

तल उडान तालिका हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु