2026-09-25 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारको लागि भाषा परीक्षा सम्पन्न, ६९२ परीक्षार्थी अनुपस्थित (भिडियो सहित)

अनिल अधिकारी | भदौ २८, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सम्पन्न गरेको छ । बिभागले तोकेको काठमाडौँका १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न भएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

भिडियो हेर्नुहोस् 

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ७ हजार ९ जनाले प्रवेशपत्र पाएका थिए । प्रवेशपत्र प्राप्त गरेका ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला मध्ये सोमबारको परीक्षामा ६९२ जना परीक्षार्थी अनुपस्थित भएको बिभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले साझा सबाल मिडियालाई जानकारी दिएका छन् । 

परीक्षाको नतिजा २ देखि ५ दिनभित्रमा प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वार्ता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरि इजरायल सरकारलाई उपलब्ध गराउने विभागको तयारी रहेको ज्ञवालीले बताए । 

ज्ञवालीले भने ‘परीक्षा दिएकाहरुको कपि सिरियल छ भने परीक्षामा सहभागीहरुको ओएमआर बिधिबाट कपि चेक हुने हुँदा दुई दिनमै नतिजा दिन सकिने सम्भावना छ ।’ भाषा परीक्षा पछी के हुन्छ भन्ने प्रश्नमा ज्ञवालीको अनुसार परीक्षामा सहभागी भएका महिला र पुरुषले पाएको अंकको आधारमा १६८० जना अन्तर्वार्ताको लागि छनौट हुनेछन् । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छानिने छन् । अन्तर्वार्ताको क्रममा २८० जना बाहिरिने मध्ये ३० प्रतिशत पुरुष र ७० प्रतिशत  महिला पर्नेछन् । यसरी एक हजार ४०० जनाको नाम इजरायल सरकारलाई बुझाइनेछ । दुतावासले पाएको उक्त नाममध्ये कम्प्युटर प्रविधिबाटै ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गोलाप्रथा मार्फत छानिनेगरि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि छनोट हुनेछन् । 

इजरायल सरकारले गोलाप्रथा गर्दा ४०० जना फालिने हुँदा इजरायल रोजगार प्रक्रियामा बजारमा भएको हल्ला जस्तो सजिलै आफ्नो मान्छे सेटिङ गरेर पठाउन सकिने अवस्था नभएको बिभागको दावी छ । 

सोमबार भाषा परीक्षा तीन तहको सुरक्षामा सम्पन्न भएको र बिभागले सबै केन्द्रबाट परीक्षार्थीहरुको कपी चिकित्सा शिक्षा आयोग सानोठिमीमा जिम्मा लगाएको ज्ञवालीले बताएका छन् ।

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर (झन्डै १ लाख ९० हजार रुपैयाँ) छ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । टिकटको मूल्य कम भएमा तोकिएको अनुमानित लागत भन्दा कममा इजरायल जान पाइने विभाले जनाएको छ । इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक