2026-10-16 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारलाई यूएई प्रवेश खुला, सजिलै जान पाइने व्यबस्था लागु हुँदै

असोज १०, काठमाडौं । यूएईले कामदार अभाव भएपछि नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । खालिज टाइम्सले यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि शसर्त रोजगार, भ्रमण  र पारिवारिक भिसा खुला गरेको जनाएको छ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि रात्रीकालीन मनोरञ्जका क्षेत्रमा पनि खुकुलो बनाएको यूएईले आर्थिक गतिविधिमा पनि तिव्रता ल्याउन लागेको बताइएको छ ।  

नेपालसहित भारत, लाइबेरिया, नामिविया, नाइजेरिया, पाकिस्तान, सियरा, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा लामो समयदेखि रोक लगाएको यूएईले हाल प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

 मोडेर्ना, फाइजर बायोन्टेक, जोनसन एन्ड जोन्सन, अक्सफोर्ड एस्ट्राजेनेका, कोभिशील्ड, सिनोफार्म र सिनोभ्याक खोपलाई मान्यता दिएको यूएईले आफ्नो मुलुक यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त भने तोकेको छ । 

यूएईको भिजिट भिसा खुला भएपछि नेपालबाट भने भिजिट भिसा बनाएर सेटिङमा वैदेशिक रोजगारीका लागि पठाउने गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । केही एयरलाइन्स, कतिपय म्यानपावर कम्पनी र केही ट्राभल्स एजेन्सीहरू संलग्न रहेको पनि उक्त स्रोतको दाबी छ ।  

 उता साउदी अरबको पश्चिमी लाल सागर तटमा ५ खर्ब डलरको लागतमा मेघा परियोजना सञ्चालन गर्न थालिएको छ । नियोम शहरको मेगा परियोजनालाई लक्षित गरेर सो क्षेत्रमा करिब १० हजार कामदारहरूका लागि १० वटा शहर निर्माण गरिने भएको छ । कूल १ लाख कामदारका लागि बनाइने यो शहरहरूका टेण्डरहरू अब ६ महिनामै आह्वान गरिने साउदी गजेटले जनाएको छ । त्यसले नेपालीलाई रोजगारको अवसर बढ्ने सम्भावना रहेको बताइएको छ । साथै यो अवसर नेपालीका कामदारका लागि सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु