2026-09-25 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्किने कामदार बने दलालको भरिया, सुन तस्करी गर्ने १७ जना पक्राउ

असोज १४,  काठमाडौं  । चाडपर्वमा नेपाली कामदार स्वदेश फर्किने क्रमसँगै उनीहरूलाई भरिया बनाउने प्रवृत्ति पनि बढेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित पक्राउ गरेपछि कामदारलाई भरिया बनाइने प्रवृत्ति बढेको देखिएको हो ।आइतबारयता अवैधरूपमा ल्याइएको ८ सय ९९ ग्राम सुन बरामद भएको भन्दै प्रहरीले  पक्राउ परेका सबैजना भरिया रहेको बताएको छ । प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठका सन्तवीर राई लगायतलाई पक्राउ गरेकोे थियोे ।

घर फर्किने नेपाली कामदारलाई विदेशी विमानस्थलमा तस्करहरूले विभिन्न बहाना र केही रकमको लोभ देखाएर काठमाडौं विमानस्थलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर पठाउने गरेको प्रहरीको भनाइ छ । विशेषगरी खाडी र मलेसियाबाट काठमाडौं आउने यात्रुहरुलाई तस्करीका लागि दुरुपयोग गर्ने गरिएको बताइएको छ । 

तस्करहरुले परफ्युम, बच्चाको डाईपर, मोबाइलको ब्याट्रीको भित्रि भागमा लुकाई स्वदेश फर्किने कामदारलाई बोकाएर नयाँ शैलीमा सुन पठाउने गरेकोे विमानस्थलस्थित सुरक्षा स्रोतले बतायो । प्रहरीले सानो परिमाणमा हुने सुन तस्करीको तरिका थाहा पाएपछि तस्करहरुले पटकपटक  शैली परिवर्तन गर्ने गरेको सुरक्षा स्रोतको भनाइ छ । 

तस्करहरुले सोझा कामदारहरुलाई भरिया बनाएपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै कतारबाट नेपाल फर्किने कामदारहरुलाई नचिनेका व्यक्तिहरुले अनुरोध वा प्रलोभनमा परेर सुनलगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो । शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई अनाहकमा जेलसमेत पर्ने गरेका छन् । पक्राउ परेका कामदारहरु भरिया नै भएको स्पष्ट भएपनि मुद्दा चलाउनु पर्ने कानूनी बाध्यताले थुनामा पठाउने गरेकोे प्रहरीले बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक