2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार – शेयर बजारको डरलाग्दो घाटा, कामदारले पनि शेयर बजारमा करोडौं गुमाए

असोज १५, काठमाडौं  ।  नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको बेला यतिखेर सबैलाई कारोबारमा निकै घाटा भएको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठूलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना संक्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदारहरू दुई हप्तायता डरलाग्दो गरी शेयर मूल्य घटेपछि चाडवाडको मुखमा पसिनाको कमाइ गुमाउन बाध्य भएका छन् ।

 नेपाली शेयर बजार प्रविधिमैत्री भएपछि विश्वभर छरिएका नेपालीले करोडौं लगानी गरेका छन् । नेपाली शेयर बजारमा वैदेशिक रोजगारीमा जापान र दक्षिण कोरिया गएका कामदारको ठूलो हिस्सा प्रवेश गरेकोे छ । रोजगारीका लागि खाडी र मलेसिया जाने कामदारको तुलनामा आकर्षक कमाइ गर्ने उल्लेखित दुई मुलुक गएका अधिकांश नेपालीले जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीका शेयरमा लगानी गरेको र ती क्षेत्रका शेयर मूल्य घट्दा लगानी गुमाउन पुगेको बताइएको छ ।

लगानी गरेका अधिकांशले हालसम्मको बजार घट्ने क्रममा एक बर्षको तलब बराबरको रकमको नोक्सानी व्यहोर्नुपरेको हाल दक्षिण कोरीयामा काम गर्दै आएका बागलुङ बलेवाका एक कामदारले बताए । कतिपयले साथीहरूसँग ऋण सापटी गरेर लगानी गरेका कारण शेयर बजारमा सुधार नआएको अवस्थामा त्यसले नकारात्मक रूप लिन सक्ने पनि उनको भनाइ छ ।

कोरोना संक्रमणपछिको लकडाउनसँगै उकालो लागेको नेपाली शेयर बजारको सूचकांक ३२ सय भन्दा केही माथि पुगेर निरन्तर ओरालो लागिरहेको छ । यस सप्ताहको अन्तिम कारोवार दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अंक बढीले घटेको  छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अंकले घटेर दुई हजार ६३३.४२ अंकमा झरेको छ । दैनिक २० अर्ब बराबरको कारोवार हुने शेयर बजारमा बिहीबार तीन अर्ब ७० करोड २९ हजार ५ सय ७ रूपैयाँको मात्र कारोवार भयो । यो रकम दुई वर्षयताको सबैभन्दा न्यून भएको बताइएको छ । दशैं अगाडि बजार नबढ्ने धेरैको एकमत छ । 

तर बजारजति तिव्रताका साथ घट्यो त्यति नै तिव्रताका साथ बढ्ने भन्दै शेयर बजार विज्ञ डा.केशव श्रेष्ठ बजार घटेपनि आफूसँग भएका स्टकहरु सुरक्षित राख्न सके बजारले रिटर्न दिने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु