2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका नेपालीको समस्याबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको एनआरएनएद्वारा ध्यानाकर्षण

असोज २१ , काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री  खड्कालाई भेट गरी मलेसियामा कार्यरत नेपाली कामदार अलपत्र परी घर फर्किने क्रममा सेल्टर हाउस नहुँदा समस्या रहेकोे भन्दै सरकार र एनआरएनए मलेसियाको समन्वयमा क्वालालम्पुरमा सेल्टर हाउस स्थापना गर्न ध्यानाकर्षण गराएको बताए ।

अध्यक्ष थापाले तत्काललाई सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा एनआरएनए मलेसियाले नै गर्ने तर भविष्यमा एनआरएनएले सञ्चालन गर्न नसकेको खण्डमा नेपाल सरकारले स्वामित्वमा लिएर संचालन गर्नुपर्ने विषयमा छलफल भएको बताए । 

त्यसैगरी अध्यक्ष थापाले अनलाइनबाट पुनः श्रम स्विकृति लिने प्रक्रियालाई सहज बनाउन परराष्ट्रमन्त्री डा. खड्काको ध्यानाकर्षण गराइएको बताए । जवाफमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्काले मलेसियामा समस्यामा पर्ने नेपाली कामदारको निम्ति सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु