2026-10-16 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपालीहरुलाई इजरायल रोजगारमा लान लाइभ चिट्ठा खोलिदै

असोज २५, काठमाडौँ | इजरायल केयरगिभर कामका लागि जान भाषा परीक्षा तथा अन्तर्वार्ता पास गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आज (सोमबार) १२:३० बजेपछि सार्वजनिक गरिदैछ । 

इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा चिट्ठामार्फत श्रमिकको छनोट लाइभ गरिने वैदेशिक रोजगार बिभाग स्रोतले साझा सबाल मिडियालाई जानकारी दिएको छ । यसै कार्यक्रमको लागि ११:३० बजे काठमाडौँ स्थित इजरायली दुतावासले समेत नेपालका सम्बन्धित निकायका अधिकारीहरुलाई निमन्त्रणा गरेको छ । 

कम्प्युटर प्रणालीबाट हुने चिट्ठा छनौट अन्तर्गतको कार्यक्रम लाइभ गरिने जानकारी प्राप्त भएको छ । भाषा परीक्षण तथा अन्तर्वार्ता उत्तीर्ण भएर इजरायलमा नाम पठाइएका मध्ये एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट हुनेछन् । जसलाई फेसबुकबाट समेत प्रत्यक्ष हेर्न सकिनेछ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।

यसरी रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान करिब एक लाख ६५ हजार ७०० रुपियाँसम्म खर्च लाग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु