भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदे"/>
2026-10-15 08:01 AM
काठमाडौँ - KTM

नवलपरासीका भक्त बहादुरलाई विदेश पठाइदिने भन्दै दलालले जग्गा आफ्नो नाममा बनाएर बेच्यो !

भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदेशको कुरा घरमा नछिरुञ्जेल शान्ति नै थियो । तर अहिले हाम्रो परिवार समस्यामा परेको छ । 

कुरा २०६२ सालको हो । भाइले विदेश जाने मन लागेर गाउँका एजेण्ट दशरथ गिरीलाई भेटेछ । उनले कमाई राम्रो हुन्छ भनेपछि भाइले विदेश जाने निधो ग¥यो । तर एजेण्टले ८५ हजार रुपैयाँ लाग्छ भनेपछि चाहिँ ऊ मात्रै होइन हामी पनि हच्कियौ । 

किन भने उसलाई विदेश पठाउन चाहिने ८५ हजार हामीसँग थिएन । मेरो बुबा लक्ष्मण दर्जीले एजेन्टलाई पैसा छैन भन्नुभयो । तर एजेण्ट अर्को विकल्प देखाइदिए । 

एजेण्टले बुवालाई ‘मेरो नाममा २ कठ्ठा जग्गा पास गरिदेउ म त्यो जग्गा बैकमा राखेर पैसा निकाल्दिन्छु ।’ भने ।  उनले कमाएर ८५ हजार फिर्ता गरेपछि जग्गा फिर्ता गरिदिन्छु पनि भने । 

त्यतिबेला हामीले बैंकमा जानु र अन्य प्रक्रियाका लागि पनि पैसा नै लाग्ने बरु त्यहि गरे बेस जस्तो लाग्यो । अनि मेरो बुवाले २ कठ्ठा जग्गा दशरथ गिरीको नाममा पास गरिदिनुभयो । जग्गा पास गर्दै गर्दा बुवाले छोरोले विदेश गएर कमाइहाल्छ ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ? भन्ने सोच्नुभएको थियो । गाउँका चार जना साक्षी बसे र कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा बुवाले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीको नाममा पास गरिदिनुभो । जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडे । 

उनलाई खोज्दै घरमा जाँदा उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्तै गइसकेको थाहा पायौं । दिन बित्यो, महिना बित्यो तर मेरो भाइको विदेश जाने दिन कहिल्यै आएन । मेरो भाइ मनबीर दर्जी अहिले भारतमा काम गर्दैछ ।

भएको दुई कठ्ठा १७ धुर जग्गा त्यहि पनि २ कठ्ठा जग्गा एजेन्टको नाममा पास गरेपछि मेरो घरमा अहिले समस्या छ । यही समस्याले बुवालाई पिर थपिँदै गयो । न भाइ बिदेश जान सक्यो न त जग्गा नै बाँकी रहयो । 

यही पिरले मेरो बुवाले आत्महत्या गर्नुभयो । जग्गा अर्कैको नाम पास गरिदिएको भए पनि अहिलेसम्म जग्गा दावी गर्न उदीहरु आएका त छैनन् । तर त्यो जग्गा फिर्ता गर्न कहाँ जाने के गर्ने केहि थाहा छैन । जग्गा फिर्ता गर्न के गर्ने र कसरी मुद्धा लड्ने हामीलाई केहि थाहा छैन । -उज्यालो अनलाइनबाट 

(नवलपरासीमा रहेको सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द्रकी परामर्शदाता रञ्जना लम्सालसँगको कुराकानीमा आधारीत) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने