2026-10-15 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा मात्र ५६८ म्यानपावरबाट २६ हजार बढीले वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिए

कात्तिक १२, काठमाडौँ | असोज महिनामा मात्र २६ हजार ९१ जनाले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरण अनुसार एकै महिनामा ५६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाउन अन्तिम प्रक्रिया अन्तर्गत श्रम स्वीकृति लिएका छन् । रिपोर्ट अनुसार असोज महिनामा धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिबाट वैदेशिक रोजगारका लागि जान सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । उक्त म्यानपावरबाट १९ जना महिला सहित ६१७ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । 

त्यस्तै असोज महिनामा जावलाखेल स्थित अक्सफोर्ड इन्टरनेशनल प्रालीले ५८४ जना पुरुष कामदारको अन्तिम श्रम स्वीकृति लिएको छ । 

त्यस्तै तेश्रो नम्बरमा ललितपुरमै रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ३१ महिला कामदार सहित ५११ जनाको अन्तिम श्रमस्वीकृति लिएको छ । 

असोज महिनामा अन्तिम श्रम स्वीकृति लिनेहरुमा चौथोबाट क्रमश: ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ महिला कामदार सहित ४८२ जना, फजल इन्टरनेशल प्रालिले १ महिला सहित ४१६ जना, एडभान्स्ड म्यानेजमेन्ट कन्सलट्यान्टस प्रालिले १२ महिला सहित ३७२ जना र सपोर्ट ह्युमन रिसोर्स प्रालिले ५२ महिला सहित ३३७ जनाको अन्तिम श्रम स्वीकृति निकालेका छन् । 

असोज महिनामा वैदेशिक रोजगारको लागि धेरै कामदार पठाउने २० म्यानपावरहरुको सूची हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु