भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहर"/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

साउदी सरकारले बिदेशी कामदारहरुका लागि गर्यो यस्तो कडा निर्णय

भदौ ३, काठमाडौँ । तेलको मूल्यमा आएको गिरावटसँगै श्रम बजारमा समस्या झेलिरहेको साउदी अरबमा रोजगारी गर्दै आएका आप्रवासी कामदारहरुले थप कडाइको सामना गर्नुपर्ने भएको छ । उनीहरुले अब स्पोन्सर अर्थात रोजगारदाता कम्पनीसँग करार तोडेर सजिलै अन्यत्र काम गर्न नपाउने भएका छन् ।

रोजगारदातासँग करार तोडेको खण्डमा आप्रवासी कामदारले जरिवाना, निर्वासन र साउदीभित्र प्रवेशमा स्थायी प्रतिबन्धको समेत सामना गर्नुपर्ने कडा नियम लागू गरिएको हो ।

त्यहाँको राहदानी विभागले आफ्ना देशका नागरिकलाई पनि अपील गरेको छ कि उनीहरुले स्पोन्सर कम्पनीसँग सम्वन्ध तोडेका विदेशी कामदारहरुलाई कुनै काम नदिउन् । यदि त्यसो गरेको खण्डमा उनीहरुलाई भारी जरीवाना वा जेल सजायँ हुन सक्ने एजेन्सीहरुले जनाएका छन् ।

मानवअधिकारकर्मीहरुले भने साउदी सरकारको यस्तो निर्णयको विरोध गरेका छन् । कतिपय मानवअधिकार संगठनहरुले पहिले पनि स्पोन्सर कम्पनीसँग सम्वन्ध तोड्न नपाइने व्यवस्थालाई अन्त्य गर्नुपर्ने माग गरेका थिए । उनीहरुले यसलाई एक प्रकारको दासत्वको संज्ञा दिएका छन् ।

हाम्रा कामदारहरु खुशी छन्ः श्रम मन्त्री

साउदी सरकारको दाबी छ कि यो नियमले प्रवासी कामदारहरुलाई कुनै समस्या पर्ने छैन ।

साउदी अरबका श्रम मन्त्री मुफरेज अल हकबानीले आफ्नो देशमा काम गर्ने अधिकांश श्रमिकहरु खुशी रहेको बताए । उनी भन्छन्, ‘हामीकहाँ एक करोड विदेशी श्रमिकहरु खुशी साथ काम गरिरहेका छन्, एउटा-दुईटा कम्पनीले गल्ती गर्दैमा हाम्रो सिंगो श्रम बजारको राम्रो छवि धुमिल हुँदैन ।’

यद्यपि, हालै आएका खबरहरुले सरकारको मन्त्रीको दावीमा दम नभएको सावित गरिदिएका छन् । अगस्टको शुरुमा साउदी अरबमा करिब १० हजार भारतीयहरु फसिरहेको खबर आएको थियो । फसेका भारतीय श्रमिकहरुले धेरै महिनादेखि आफूहरुले मासिक तलव नपाएको गुनासो गरेका थिए । भारत सरकारले दवाव दिएपछि साउदी सरकारले उनीहरुमाथि ध्यान दियो ।

यस्तै अवस्था नेपाली कामदारहरुको हकमा पनि देखा परेको छ । त्यहाँ अभर परेका कामदारहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत दूतावासलाई निर्देशन दिइसकेका छन् ।

त्यस्तै पाकिस्तानका कामदारहरुले पनि साउदीको दुरावस्थालाई लिएर गुनासो गरेका छन् । पाकिस्तानका श्रमिक सरदार नसीर भन्छन्, ‘त्यहाँको अवस्था एकदमै खराब छ । राम्रो खाना खान पाइँदैन । स्वास्थ्य र सफाइ पनि राम्रो छैन । कामदारहरु बिरामी हुँदा उपचार पाउन सक्दैनन् । किनकि उनीहरुसँग बिमा हुँदैन ।’

साउदी अरबमा विदेशी कामदारमाथि शोषण भइरहेको अन्तर्राष्ट्रिय मिडियामा समाचार आउने गरेको छ । कामदारहरुलाई सुरुमा भनिए अनुसारको काम नमिल्ने, कामको वातावरण राम्रो नहुने, कामदारको पासपोर्ट स्पोन्सर कम्पनीले कब्जा गर्नेलगायत समस्याहरु देखिने गरेका छन् ।

यद्यपि साउदीका श्रम मन्त्री हकबानीको भनाइमा अपवादका यस्ता घटनाहरुलाई लिएर सिंगो देशप्रति खराब धारणा बनाउनु मनासिन हुँदैन । उनी भन्छन्, ‘सबै विदेशी कामदारले गुनासो गरिरहेका छैनन् । एउटा कम्पनीका ३० हजार जनाले गरेको गुनासोलाई आम धारणाका रुपमा लिनु हुँदैन ।’स्रोत: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने