2026-10-16 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रबर कम्पनीले कामदारलाई शोषण गरेको सार्वजनिक

मंसिर ११, काठमाडौं | मलेसियाको रबर कम्पनीले कामदारलाई शोषण गरेको सार्वजनिक भएको छ । मलेसियामा स्थापित बहुराष्ट्रिय गुड इयर टायर एण्ड रबर कम्पनीले नेपालीसहित अन्य आप्रवासी कामदारको शोषण गरेको समाचार सार्वजनिक भएको छ । बेलायती समाचार संस्था रोयटर्सले लामो अनुसन्धानमुलुक समाचार सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि भएको शोषणले उक्त कम्पनीका उत्पादनमाथि अन्तर्राष्ट्रिय प्रतिवन्ध लाग्नसक्ने उल्लेख गरेकोे छ । 

रोयटर्सले आप्रवासी कामदारको कार्यस्थल, आवास मापदण्डअनुसार नभएको र लामो समयदेखि कामदारको तलब रोकिएको अनुसन्धानका क्रममा फेला परेको दाबी गरेकोे छ । यस विषयमा मलेसिया र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एकैसाथ अनुसन्धान गरिरहेको भन्दै उक्त कम्पनी कामदार माथि भएको शोषणका वारेमा नयाँ तथ्यहरू आउने समाचारमा उल्लेख छ ।

गुड इयर टायर एण्ड रबर कम्पनीमा कार्यरत पाँच र अवकाशप्राप्त केही कामदारसँग अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागले उनीहरूको आवास, उनीहरूले न्यायका लागि कम्पनीविरूद्ध अदालतमा लडिरहेको मुद्दा, कम्पनीमा दिइने धम्कीका विषयमा सोधपुछ गरिएको भन्दै समाचारमा अनुसन्धान अधिकारीहरूले केही नबताएको तर अमेरिकाको ओहायोमा रहेको गुड इयरले भने कामदारमाथि शोषणा नभएको उल्लेख छ । 

समाचारमा उक्त कम्पनीविरूद्ध आप्रवासी कामदार पटकपटक अदालत जाने गरेको भएपनि समस्याको समाधान नहुने गरेको भन्दै सन् २०१९ देखि यतामात्र नेपाल, भारत र म्यानमारका १ सय ८५ कामदारले आफुहरूको तलब सुविधा माग गर्दै मलेसियाको औद्योगिक अदालतमा दिएको उजुरी उल्लेख गरेकोे छ ।

सन् २०२० मा अदालतले कामदारको तलब सुविधा भुक्तानी गर्न आदेश दिएको भएपनि कम्पनी औद्योगिक अदालतको फैसला विरूद्ध पुनरावेदनमा गएको कारणले आप्रवासी कामदारहरूले पाउनुपर्ने तलब सुविधा पाएका थिएनन् ।

कम्पनीले आप्रवासी कामदारले मलेसियाको ट्रेड युनियन अधिकारको उपयोग गर्दै सामूहिक सौदावाजी गर्ननसक्ने भन्दै कम्पनीले विवाद समाधानका लागि पहल भइरहेको बताएको समाचारमा उल्लेख छ । मलेसियाको पेरमोडालन नेशनल बेरहाडले गुड इयर कम्पनीको ४९ प्रतिशत स्वामित्व राखेको भएपनि समस्या समाधानका लागि चासो राखेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु