2026-10-16 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ नेपाली महिलालाई केन्यामा बेच्ने जेठालाई ३० वर्ष जेल सजाय

मंसिर १२, काठमाडौं, एजेन्सी | क्यानडाका व्यापारी आसिफ अमिराली अलीभाई जेठालाई मोम्बासा अदालत(केन्याको उच्च अदालत)ले १२ नेपाली महिलाहरुलाई बेचविखन गरेको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ। 

अदालतले जेठालाई १२ नेपाली महिलाको बेचविखन गरेको, मानव बेचविखनलाई बढावा दिएको र यात्रा कागजातमा हस्तक्षेप गरेको तीनवटा मुद्दामा दोषी ठहर गरेको हो।  

जेठालाई आपराधिक गतिविधिबाट आम्दानी गरेको, श्रम स्वीकृति नलिई व्यापारमा संलग्न भएको र अवैध रूपमा विदेशीलाई काममा लगाएको अभियोगमा केन्या सिलिङ एक लाखदेखि दश लाखसम्म जरिवाना गरिएने छ।

जेठाले नेपाली युवतीहरूलाई धोका दिएर शोषण गर्ने नियतले बन्दी जस्तै बनाइ राखेको पनि अदालतले ठहर गरेको छ।

सन् २०१९ मा मोम्बासाको न्यालीस्थित अमके प्लाजामा रहेको जेठाको रंगीला ग्रिल एण्ड बारमा ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम युनिटका गुप्तचरहरूले छापा मारेर १२ जना नेपाली महिलाहरुलाई उद्धार गरेका थिए।

उनीहरूलाई केन्यामा नर्तकीको रूपमा काम गर्न र उच्च स्तरको मनोरञ्जन गर्नेहरूका लागि तस्करी गरिएको थियो।

तीमध्ये दुई बालिका १६ र १७ वर्षका थिए। आठ जना २२ देखी २६ वर्षका र दुई जना ३० वर्षभन्दा माथि उमेर समूहका महिलालाई केन्या लगिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु