2026-09-24 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० वर्षमा शून्यबाट विश्वकै वित्तिय गन्तव्य बनेको दुबइ

मंसिर १४, अबुधाबी, एजेन्सी | युनाईटेड अरब इमिरेट्सको स्थापना दिवशको अवसरमा ५० वर्षअघि सडकमा परेड चलिरहँदा इहाब फौद किशोर अवस्थामा थिए । ६४ वर्षीय फौद अहिले  रिटायर्ड इन्जिनियर हुन् । सन् १९७१ को २ डिसेम्बरको भव्य कार्यक्रमलाइ उनी अहिले पनि स्मरण गर्छन् । उनले दुबइका संस्थापक शेख जायद बिन सुल्तानको फोटो बोकेर सहरका विभिन्न सडकमा मार्च गरेका थिए । 

अबुधाबी परेडपछिका घटनाहरुको स्मरण गर्दा उनका आँखाबाट अहिले आँशु झर्छ । ‘५० वर्षपछि मैले  विशेष महशुस गरिरहेको छु,’ उनी अगाडि भन्छन्, ‘त्यो परेड म र मेरो देशका लागि नै महत्त्वपू‌र्ण यात्रा थियो । ’

दुबइको कूल एक करोड जनसंख्यामध्ये ९० प्रतिशत विदेशी छन् । दुबइ स्थापना हुँदा यहाँको जनसं‍ख्या जम्मा तीन लाख थियो । अधिका‍ंश घरहरु माटो र इट्टाले बनेका  थिए । तर,  अहिले भने दुबई आर्थिक र राजनीतिक रुपमा मध्येपूर्वकै शक्तिशाली देश साबित भएको छ । 

मोतीको सहरसमेत भनिने दुबई अहिले विश्व बजार र वित्तिय गतिविधिको मुख्य केन्द्र हो। विश्वका ठूला ठूला गगनचुम्बी महलको घर दुबई अहिले विश्वकै मुख्य गन्तब्य बनेको छ । 

‘बर्षैंअघि मानिसहरुले खजुरको हाँगा माटो र ईटाबाट घर बनाउथे । तर, ती सबै अहिले एकादेशको कथा बनेको छ,’ फउद भन्छन् । 

‘तत्कालिन शेख जयेदले अरब राष्ट्रबादमा  विश्वास गर्थे । दुबई महासंघ बनाउन उनले सात ‍अ‍ोटा इमिरेट्सलाई एकजुट बनाएका थिए’, इन्टरनेसनल क्राइसिस ग्रुपका थिंक ट्यांक इलहाम फाकहरो भन्छन् । विश्वमा उत्पादित कच्चा पदार्थमध्ये अधिकांश कच्चा पदार्थ अहिले पनि दुबइमा उत्पादन हुन्छ । 

सन् १९७० देखि तेल र ग्यासका कारण दुबइको तीव्र अ‌ार्थिक बृद्धि भइरहेको छ । दुबईको तेलको स्रोतका कारण राजधानी अबुधाबी वित्तीय यातायात पर्यटक र सञ्चारमाध्यमहरुका लागि मुख्य गन्तव्य बनेको छ । 

सन् २०११ को अरब क्रान्तिपछि दुबइले अ‍ाफ्नो  विदेश नीति परिमार्जन गरेको छ । उसले मध्येपूर्व र अफ्रिकामा भइरहेका युद्धको मध्यथता गरिरहेको छ । द्धन्द्धका कारण अरब मुलुकबाट भागेर अधिकांश मानिस यहाँ शरण लिइरहेका छन् । 

‘छिमेकी मुलुकहरुमा भइरहेका जोखिमको दुबइले नजिकबाट  मुल्या‌ंकन गरिरहेको छ,’ फाकहरो भन्छन् । स्वतन्त्रपछि दुबइ सापेक्षरुपमा तटस्थ थियो । तर, अरब क्रान्तिपछि उसले सक्रीय विदेश नीति अं‍गिकार गरेको छ ।  दुबइ मुस्लिम राजनीतिको प्रखर विरोधी हो । दशकौं लामो अरब राष्ट्रहरुसँग गरेको सहमतिलाइ उल्लंघन गर्दै गत वर्ष उसले इजरायललाइ मान्यता दिने एतिहासिक  नि‌‌र्णय गरेको थियो । 

‘क्षेत्रीय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा दुबै यस क्षेत्रमा आवश्यकताअनुसार अझै बढी जबाफदेही हुन अ‌ावश्यक छ’, राष्ट्रपतिका सल्लाहकार अनवर गारगस भन्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक