2026-10-16 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने, यस्तो छ कानुन

एजेन्सी | दुबईमा १५ वर्षका युवाहरुलाई पनि काम गर्न पाउने कानुन निर्माण हुने भएको छ। तपाई युएई निवासी एक युवा हुनुहुन्छ ? अब तपाईको शिक्षा पूरा गर्दा १५ वर्षमै कामको अनुभव प्राप्त गर्न पाउने अधिकार हुने भएको हो। दुबईमा नयाँ श्रम कानून चाँडै लागू हुँदैछ । जसले १५ वर्ष उमेरका व्यक्तिहरूलाई यूएईको निजी क्षेत्रले कसरी रोजगारी दिन सक्छ भन्ने विवरण प्रदान गर्दैछ ।  

श्रम सम्बन्धको नियमन सम्बन्धी २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ को धारा ५ ले ’किशोरहरूको रोजगारी’ को विषयलाई समेट्ने बताइएको छ । जहाँ यसले १५ वर्षभन्दा कम उमेरका कामदारहरूको भर्तीलाई स्पष्ट रूपमा निषेध गरेको । 

तर, १५ वर्ष वा सोभन्दा माथिका लागि  त्यहाँ केही कामका अवस्थाहरू भने नयाँ कानुनले व्यवस्था गरेको छ । जुन युवा मानिसहरूको रोजगारीका लागि आवश्यक छ । सीमित कामको अबधि र उनीहरूलाई खतरनाक वा कडा काममा लगाउन नपाइने सर्तसहितको नयाँ कानुन बन्दै छ ।  

१५ वर्षको उमेर नपुगेको कुनै पनि व्यक्तिलाई काममा लगाउन निषेध गरिनेछ । किशोरको रोजगारी निम्नमा सशर्त लागू हुने छन् । किशोरको अभिभावक वा अभिभावकबाट लिखित सहमति समेत चाहिने नयाँ युवाहरुका लागि रोजगारी सृजना हुने छ । 

 चिकित्सा संस्था द्वारा जारी आवश्यक कामको लागि मेडिकल फिटनेसको प्रमाणपत्र समेत उपलब्ध गराउन पर्ने हुन्छ । कामको वास्तविक घण्टा दिनको छ घण्टा भन्दा बढि काम नलाउन पाइदैन र त्योभन्दा बढी समय काम गर्ने क्षेत्रमा रहेमा एक वा बढी ब्रेकद्वारा कामलाई व्यवस्थित गरिने  छ । जुन कुल मिलाएर एक घण्टाको हुनेछ । कुनै पनि किशोरले लगातार चार घण्टाभन्दा बढी काम नगर्ने गरी यस्तो विश्राम (हरू) मिलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु