२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरुले विदेश जाने कामदार पाउन छाडे !

२०७८, २२ मंसिर बुधबार ०८:४९

मङ्सिर २२, काठमाडौँ | म्यानपावरहरुले पछिल्लो समय वैदेशिक रोजगारमा जान चाहने कामदारहरु पाउन धौधौ भईरहेको बताएका छन् । कोरोना महामारीसँगै केहि समय ठप्प जस्तै भएको वैदेशिक रोजगार अन्तर्गत पछिल्लो समय मासिक ६० हजार भन्दा बढी कामदारको माग सहित डिमाण्डहरु आईरहेका छन् ।

वैदेशिक रोजगार अन्तर्गत मलेसिया रोजगार ठप्प भएको अवस्था भए पनि रोजगारदाताले माग गरे बमोजिमका डिमाण्डमा कामदार पाउन असहज भईरहेको गुनाशोहरु प्राप्त हुन थालेको छ । विशेष गरि सेक्युरिटी गार्ड, सेल्स, ड्राइभर लगायत पदमा पठाउनको लागि असहज भईरहेको गुनाशो छ । म्यानपावरहरुले पत्रिका तथा अनलाइनमै विज्ञापन गर्दा पनि तोकिएको पद अनुसार दक्ष कामदार पाउन सहज नभएको बताउन थालेका छन् । 

दक्ष कामदारको अभाव भईरहेको भन्ने सम्बन्धमा तालिम प्रदायक संस्थाहरुले तालिम कार्यक्रमहरु संचालन गर्न नसकेको तथा वैदेशिक रोजगारमा जाने युवाहरुमै सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानु पर्छ भन्ने ट्रेन्ड नहुँदा वैदेशिक रोजगारमा जाने दक्ष कामदार पाउन असहज भईरहेको बुझिएको छ । युएईको लागि सेक्युरिटी गार्ड पदमा डिमाण्डहरु धेरै आईरहेको अवस्थामा रोजगारदाताले खोजेजस्तो आवेदक भेट्न नसकेको गुनाशो छ । आवेदन दिन गएकाहरुमा अधिकांशको अंग्रेजी भाषा कमजोर हुने तथा अनुभव तथा सम्बन्धित कामको बारेमा जानकारी नहुँदा छनौट हुन सकिरहेका छैनन् । 

त्यस्तै ड्राइभर पदमा आएका डिमाण्डहरुमा समेत म्यानपावरहरुलाई कामदार खोज्न मुस्किल भईरहेको गुनाशो प्राप्त भएको छ । रोजगारदाताले ड्राइभर पदमा वैदेशिक रोजगारमा लैजानको लागि अन्तर्वार्तामा सामान्य अंग्रेजी बोल्न सक्ने कामदार, केहि रोजगारदाताले जिसीसी लाइसेन्स खोज्ने हुँदा दक्ष र भनेजस्तो कामदारको अभाव भईरहेको गुनाशो छ । पछिल्लो समय वैदेशिक रोजगारको नाममा अवैधबाटोबाट भिजिट भिसामा लैजाने गर्नाले पनि कामदार अभाव भएको हुनसक्ने एक म्यानपावर व्यवसायीको तर्क छ । वैदेशिक रोजगारमा जाने तयारीमा रहेका युवाहरुलाई सिप सिकेर मात्र जाने वातावरण बनाउन सकेमा तलब सेवा सुविधा समेत राम्रो पाउने उत्प्रेरणा दिनु पर्ने ति व्यवसायीको तर्क छ । उनको अनुसार नेपालबाट वैदेशिक रोजगारमा जाने युवाहरु भाषामा मात्र पनि सबल हुन सक्ने हो भने पनि धेरै राम्रा कम्पनीको आकर्षक तलब सहितको अवसरहरुबाट बन्चित हुनुपर्दैन । सामान्य भाषाको ज्ञान तथा सिप नजान्दा कम भन्दा कम तलबमा वैदेशिक रोजगारमा जान युवाहरु बाध्य हुनुपरेको उनको तर्क छ । 

वैदेशिक रोजगार बिभागको पछिल्लो कत्तिक महिनाको रिपोर्टलाई मात्र आधार मान्ने हो भने पनि कात्तिकमा मात्र ५४ हजार ९१८ जनाले वैदेशिक रोजगारको लागि अन्तिम स्वीकृति लिँदा सबैभन्दा बढी २६ हजार ७२३ जना अदक्ष कामदारको स्वीकृति लिएका थिए । जसको औशत तलबनै सम्बन्धित देशमा नेपाली ३० हजारको हाराहारीमा मात्र हुन्छ । त्यसपछि केहि सिप जानेका अर्थात स्किल्ड कामदारको रुपमा वैदेशिक रोजगारमा जानेको संख्या २३ हजार ४५६ जना छन् । जसको तलब औशतमा नेपाली ३५ हजारदेखि ४५ हजारसम्म हुन्छ । त्यसबाहेक ५० हजार बढी तलब आर्जन गर्नेहरुको संख्या कुल वैदेशिक रोजगारमा जानेको संख्याको तुलनामा १० प्रतिशतको हाराहारीमा मात्र छ । यसरी हेर्दा ९० प्रतिशत नेपाली कामदार वैदेशिक रोजगारमा जाँदा कमसेकम तलब प्राप्त गर्ने गरि वैदेशिक रोजगारमा गईरहेको तथ्यांकले देखाउंछ । बिभागको तथ्यांकलाई अझ गहिरिएर हेर्ने हो भने अदक्ष कामदारको रुपमा वैदेशिक रोजगारमा जानेहरु मध्य अधिकांश प्रदेश नम्बर २ का युवाहरु छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु