भदौ ५, काठमाडौं । युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । 

म्यानपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौं । युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । 

म्यानपा"/>

2026-09-24 06:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, न्युनतम तलव स्केल यस्तो छ !

भदौ ५, काठमाडौं । युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । 

म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ ।

लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग भएपछि श्रम तथा रोजगार मन्त्रालयले यसलाई खोल्न प्रक्रिया अघि बढाएको हो । केही म्यानपावरहरुले लिथुएनियाबाट निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुमा लैजान अनुमति मागेका हुन् । उनीहरुले झण्डै १२ सय कामदारको डिमान्ड ल्याएको मन्त्रालय स्रोतले बतायो ।

युरोपियन देश लिथुएनिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ ।

पोल्याण्ड, बेलारुस लगायतका देशसँगै रहेको यो देशमा आथिर्क गतिविधि बढेपछि पछिल्लो समय कामदारको माग बढ्दो छ । त्यसैले पनि लिथोअनियाले विदेशी कामदार लिन थालेको हो ।

परराष्ट्रलाई सोधियो

आर्थिक रुपमा सबल बन्दै गरेको लिथुएनियाले विशेषगरी निर्माण र औद्योगिक क्षेत्रमा विदेशी कामदार लिने गरेको छ । यस्ता क्षेत्रमा नेपाली कामदार लैजाने गरी म्यानपावरहरुले डिमान्ड ल्याएपछि यसलाई खोल्नका लागि श्रम मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले परराष्ट्र मनत्रालयलाई पत्र लेख्दै लिथुएनियाको आर्थिक, कानुनी तथा सामाजिक अवस्थाबारे बुझ्नका लागि अनुरोध गरेको श्रम प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘लिथोअनियामा मानव अधिकारको अवस्था कस्तो छ ? आप्रवासी कामदारलाई कस्तो व्यवहार गरिन्छ ? पारिश्रमिक दर कस्तो छ ? श्रम कानुुन कामदारमैत्री छ कि छैन ? भन्ने लगायतका थुप्रै विषयमा हामीले परराष्ट्रसँग जवाफ मागेका छौं,’ प्रवक्ता भुर्तेलले अनलाइनखबरसँग भने,’यी विषयमा समग्र अवस्था राम्रो रहेको पाइए कामदार पठाउन अनुमति दिइनेछ ।’

परराष्ट्र मन्त्रालयलाई लिथोअनिया हेर्ने सम्बन्धित दूतावासमार्फत आवश्यक अध्ययन गरेर जवाफ दिन श्रम मन्त्रालयले आग्रह गरेको हो ।

न्युनतम् तलव १३ सय युरो

लिथुएनियाबाट ईंटा भट्टामा काम गर्ने मजदुरदेखि दक्ष डाक्टर, नर्स, इञ्जिनियर लगायतको पनि माग आएको छ । म्यानपावर व्यवसायीले डिमान्ड, पारिश्रमिक र रोजगारदाताका शर्तहरुसहित संस्थागत रुपमा लिथुएनिया खोल्न माग गरेका हुन् ।

उनीहरुले ल्याएको डिमान्ड लेटरअनुसार समान्य मजदुरले पनि १३ सय युरो अर्थात झण्डै मासिक डेढ लाख रुपैयाँ भन्दा बढीसम्म आम्दानी गर्न सकिने देखिएको छ । अहिले खाडी राष्ट्रमा न्युन तलवमा काम गर्ने कामदारले पनि लिथुएनियामा राम्रो तलव बुझ्न सक्ने देखिएकाले यसलाई खोल्ने तयारी गरिएको हो ।

परराष्ट्रको सकारात्मक जवाफ आए मनित्रपरिषदमार्फत निर्णय गरेर लिथुएनियामा म्यानपावरहरुलाई कामदार पठाउन अनुमति दिइनेछ ।

युरोपमा कामदारमाथि हुने शोषणको युरोपियन युनियनर अन्तर्राष्ट्रिय मानवअिधारवादी संस्थाहरुले कडा अनुगमन गर्ने हुँदा लिथोअनिया खुल्नेमा म्यानपावर व्यवसायी पनि आशावादी छन् ।

लिथुएनिया युरोपकै तीव्र रुपमा विकास भइरहेको अर्थतन्त्र हो । जहाँ उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको छ । -अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी