2026-10-16 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा लागू हुने नयाँ श्रम कानुनमा ओभर टाइम कसरी गणना गरिन्छ ?

एजेन्सी | दुबईमा काम गर्दैहुनुहुन्छ र ओभरटाइममा काम गर्न भनिएको छ भने अब नयाँ श्रम कानूनका आधारमा तपाईको ओभरटाइम यसरी गणना गरिनेछ । श्रम सम्बन्धको नियमनमा २०२१ को संघीय डिक्री–कानून नम्बर ३३ यहि फेब्रुअरी २ तारिकदेखि लागू हुनेछ  ।  

नयाँ श्रम कानुनको धारा १९ मा ओभरटाइममा तलब कसरी गणना गरिनेछ भन्ने बारे विस्तृत नियमन गरिएको छ । यद्यपि, यो पनि ध्यान दिनु आवश्यक छ निजी क्षेत्रका प्रत्येक कर्मचारीले ओभरटाइम तलब दाबी गर्न पाउदैनन ।  उदाहरणको लागी कानूनको धारा २० मा कामदारहरुको केहि छूट कोटाहरुको प्रावधान समावेश गरेको छ ।

 रोजगारदाताले कामदारलाई दिनको दुई घण्टाभन्दा बढी ओभार टाइममा काम लगाउन पाउने छैन । यस आदेशको कार्यकारी नियमावलीले तोकेको प्रक्रिया र सर्तहरू बमोजिम बाहेक कामदारले त्यस्तो घण्टाभन्दा बढी काम गर्न पाउने छैन । र यस्तो ओभर टाइम तीन हप्तामा १४४ घण्टाभन्दा बढी हुनु हुँदैन ।

 यदि कामको परिस्थितिले कामदारलाई सामान्य कामको घण्टा भन्दा बढी घण्टा काममा लगाउन आवश्यक छ भने, यस्तो विस्तारित समय ओभरटाइम मानिने छ । जसको लागि कामदारलाई उसको कामको सामान्य घण्टाको लागि आधारभूत ज्याला र कम्तिमा २५ प्रतिशतको पूरक भुक्तानी गरिनेछ । 

 कामको परिस्थितिले कामदारलाई राति १० बजेदेखि बिहान ४ बजेको बीचमा अतिरिक्त घण्टाको लागि काम गर्न आवश्यक भएमा कामदारलाई उसको कामको सामान्य घण्टाको लागि आधारभूत पारिश्रमिक र सो ज्यालाको कम्तिमा ५० प्रतिशतको थप तलब दिनु पर्ने छ । यो अनुच्छेद शिफ्टमा काम गर्ने  कामदारहरूमा लागू हुने छैन ।

यदि कामको परिस्थितिले कामदारलाई रोजगार सम्झौता वा आन्तरिक कार्य नियमहरूमा तोकिएको विदा दिनमा काममा लगाउन परेमा उसलाई वैकल्पिक विदा दिनको रूपमा क्षतिपूर्ति दिनु पर्ने छ । वा उसको कामको सामान्य घण्टाको आधारभूत ज्याला दिइनेछ । साथै त्यो ज्यालाको कम्तिमा ५० प्रतिशतको थप हुनपर्ने छ ।  दैनिक कामदार बाहेक कामदारलाई लगातार दुई दिनभन्दा बढी विदा  दिन पाइने छैन ।  यस डिक्री–कानूनको कार्यकारी नियमहरूले यहाँ उल्लेख गरिएको काम घण्टा सम्बन्धी प्रावधानहरूबाट छुट पाउन सकिने कामदारहरूको कोटा निर्धारण गर्ने व्यवस्था पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु