२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको अवैध धन्दा: क्रोएसिया पठाउने नाममा पैसा कुम्ल्याउदै झुलाउदै ठगि

२०७८, ५ पुष सोमबार ०८:५९

पुस ५, काठमाडौँ | म्यानपावरले पुर्वस्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन पाउदैन । तर म्यानपावरहरुले विना पुर्वस्वीकृति अवैध धन्दा चलाउदै पैसा अशुली गरि युवाहरुलाई पिडित बनाउदै आईरहेको पाइएको छ । 

वैदेशिक रोजगारको क्रममा क्रोएसिया पठाउने भनि काठमाडौँको सामाखुसी स्थित लिंक स्टार म्यानपावरले एक युवालाई एक बर्षदेखि झुलाउदै आएको पिडितले गुनाशो गरेका छन् । उनि सहित अरु युवाहरुलाई क्रोएसिया वैदेशिक रोजगारमा पठाउने भनि अग्रिम ५० हजारको दरले अशुली गरेको र लामो समयसम्म पठाउन नसकेपछि पैसा र पासपोर्ट फिर्ता माग्दा बिभिन्न नाममा रकम काटेर पैसा फिर्ता पाउने म्यानपावरले बताएको ति पिडितले गुनाशो गरे । 

पीडितले भने 'लामो समय भयो, एक महिनापछि र दुई महिना पछि भन्दै झुलाउदै आएको छ, लामो समयसम्म काम नभएपछि पैसा र पासपोर्ट फिर्ता माग्दा पैसा काटेर दिने बताइरहेको छ ।' पीडितले पठाएको प्रमाणहरुको आधारमा सम्बन्धित म्यानपावरले 'एब्रोड जब्स' र 'लिंक स्टार म्यानपावर सर्भिस' नामको फेसबुक पेजबाट पीडितलाई रोजगारमा पठाउने प्रलोभन दिएको खुलेको छ । सम्बन्धित पीडितले म्यानपावरले पैसा अशुलीको लागि अवैध रुपमा खडा गरेको संजिला राईलाई ५० हजार सिटि एक्सप्रेस मनि ट्रान्सफर मार्फत पठाएका थिए । प्राप्त प्रमाणको आधारमा सम्बन्धित म्यानपावरले पीडितलाई गत जनवरी ५ तारिकमै क्रोएसिया पठाउनको लागि डकुमेन्ट फरवार्ड भईसकेको भन्ने जानकारी दिएको थियो तर त्यसको  एक बर्ष बित्न १५ दिन मात्र बाँकी छँदा पनि म्यानपावरले झुलाईरहेको पीडितले गुनाशो गरे ।

तश्वीरमा: सम्बन्धित म्यानपावरले पैसा अशुली गर्न अवैध व्यक्ति खडा गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार संजिला राई सम्बन्धित म्यानपावरको आधिकारिक कर्मचारी होइनन् । 

वैदेशिक रोजगार नीति अनुसार लाइसेन्स प्राप्त म्यानपावरले पुर्व स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाउन नपाइने नियम छ । तर केहि म्यानपावरहरुले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा पठाउने क्रियाकलापलाई धन्दानै बनाएका छन् । यस सम्बन्धमा सम्बन्धित निकाय समेत मौन बसेको छ । 

कति युवाहरु सिकार बनेका छन् एकिन छैन 

पछिल्लो समय वैदेशिक रोजगारमा आकर्षक प्रलोभन देखाएर पैसा अशुली गर्दै झुलाउदै गर्ने क्रियाकलाप नौलो भने होइन । युरोप वा कुनै आकर्षक देशको प्रलोभनमा पर्दा कयौं युवाहरु नजानेर र केहि जानीजानी दलालको पासोमा पर्ने गरेका छन् ।

कतिपय देशमा नेपाली दुतावास नहुँदा डिमाण्ड प्रमाणीकरण हुँदैन । डिमाण्ड प्रमाणीकरण नहुँदा दलालहरुले डिमाण्डको खेल खेल्छन् । यसरी खेल खेल्नेहरु मध्ये केहिले काम पनि गरिदिन्छन् तर अधिकांशको भने ठग्ने धन्दा मात्र हुन्छ ।  ठगि गर्नेहरुले कतिपयले व्यक्तिगत आवश्यकता वा संस्थाको आवश्यकता पूर्ति गर्न सयौं युवाहरुलाई गोटी बनाई लाखौँ पैसा अशुली गर्ने र लामो समयसम्म झुलाउने गरेको समेत पाइएको छ । त्यसरी अशुली भएको पैसाले विदेशमा प्रोसेसको नाममा आफ्नो आवश्यकता पुरा गर्ने गरिएको छ । कानुनी रुपमा बच्नको लागि बिभिन्न उपाय अपनाएर पैसा अशुली गर्ने र कसैले प्रमाण पुर्याएर सम्बन्धित निकायमा उजुरी गरिहालेमा वा गर्छु भनेमा पैसाकै बलमा केस मिलाउने वा उजुरी कर्तालाई पैसा मिलाएर अरुलाई झुलाउदै जाने गरिएको गुनाशो बढेको छ । त्यसो आफै काम गर्न नसक्ने वा प्रोसेस नै नगरी यो र त्यो बहानामा पैसा अकातियो भनि अग्रिम अशुलीको पैसा काटिदिने समेत गुनाशो समस्यामा परेका युवाहरुको गुनाशो छ । यही उपाय अपनाएर युवाहरुहरुसँग करोडौं अशुली गरेका कतिपय  दलालहरु यतिखेर फरार भएर भारत वा अन्य देशमा छन् । सम्बन्धित व्यक्तिहरुबाट पिडितहरुले प्रयाप्त प्रमाणको अभाव र सम्बन्धित निकायको वेवास्थाको सिकार बन्नु परिरहेको छ । कतिपय युवाहरुले आफू ठगिएको प्रमाण समेत पुर्याउन सक्दैनन् वा नगदमा कारोवार गर्छन् । यस्ता युवाहरु भने चुपचाप बस्नुको विकल्प छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु