2026-09-24 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अक्सफोर्ड म्यानपावर धेरै कामदार पठाउने कम्पनीमा पहिलो, अरु को कतिमा ?

पुस १७, काठमाडौँ | अक्सफोर्ड इण्टरनेशनल प्रा.लि म्यानपावर धेरै कामदार पठाउने कम्पनीको पहिलो सूचीमा परेको छ । मंसिर महिनामा अक्सफोर्ड इण्टरनेशनल प्रा.लि. ले ७ सय ११ कामदारको श्रम स्वीकृति निकाल्दै धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा आएको हो । 

७ सय ९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रालि दोश्रो स्थानमा छ । कार्तिक महिनामा पनि सूचीको दोश्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेको थियो । ६ सय १२ कामदारको श्रम स्वीकृती निकालेको  प्याराडाइज इन्टरनेशनल प्रालि मंसिरमा  तेस्रो  स्थानमा रहेको छ । कार्तिक महिनामा उक्त म्यानपावर  ८ सय ४६ पुरूष र ८३ महिला गरि ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियोे  । 

मंसिरमा चौथो स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले ४ सय ५३ जना,पाँचौ स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रा.लि.ले ४ सय ३ जना, छैठौं  स्थानमा रहेकोे ग्राण्ड शिखर ओभरसिज प्रालिले ३ सय ७७ जना, सातौ स्थानमा रहेको देवान कन्सल्ट्यान्ट प्रा.लि.ले ३ सय ७६, आठौं स्थानमा रहेको ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ सय १२जना, नवौ स्थानको ब्रिज स्काई इन्टरनेशनल प्रा.लि.ले २ सय ९१, दशौं स्थानमा रहेको लक्की एचआर सोलुसन प्रालिले २ सय ९०, एघारौं स्थानमा रहेको योङ ओभरसिज ले २सय ७७ जनाको श्रम स्वीकृति निकालेका छन् ।

सूचीको बाह्रौ स्थानमा रहेको ह्युमर ओभरसिज प्रा.लि.ले२ सय ६१, तेर्हाै स्थानको अल कौसर ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ६०, चौधौं स्थानको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५९, पन्ध्रौं स्थानमा रहेको अल साहिद ओभरसिज प्रा.लि.ले  २ सय ४३ जना,  सोह्रौ स्थानमा रहेको रिसेन्ट जब प्लेसमेन्ट  प्रा.लि.ले २सय ३४ सत्रौ स्थानमा रहेको नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले २ सय २८ जना, अठारौं स्थानको मोभिरा रिक्रूटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि ले २ सय १६ जना,  उन्नाइसौं स्थानमा रहेको  अञ्जली ओभरसिज सर्भिसेज प्रा.लि.ले २ सय १५ र बिसौ स्थानमा रहेको स्काई स्टार रिक्रूटमेन्टप्रा.लि.ले २ सय१३ अन्तिम श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक