2026-10-16 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पुनः कार्यदल बस्ने, नेतृत्वमा हैसियतअनुसार ३३ देखि ५ प्रतिशतको प्रस्ताव

पुस २३,काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व सहमतिको आधारमा छनोटको वातावरण मिलाउन गठित कार्यदलले पद बाँडफाँडको मस्यौदा बनाएको छ । सहमतिमा नेतृत्व छनोट गर्ने विषयमा मोडालिटी तयगर्न संघका कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको थियोे । 

बिहीबार संघको कार्यालय बत्तीसपुतलीमा चार पूर्व अध्यक्ष तथा राजनीतिक दल निकट पाँच वटा संस्थाका प्रतिनिधिबीच ४ घण्टाभन्दा लामो समय नयाँ नेतृत्वमा संस्थागत प्रतिनिधित्व सन्तुलन सम्बन्धमा छलफल भएको थियोे । बैठकमा निर्वाचन र मनोनयनको प्रक्रियाबाट गठन हुने संघको २१ सदस्यीय कार्यसमितिमा शक्ति र सन्तुलनको आधारमा भन्दै पद बाँडफाँडको मस्यौदा पेश गरिएको थियो । 

कार्यदलका सदस्य सचिव मेघनाथ भुर्तेलका अनुसार पूर्व अध्यक्षहरूका तर्फबाट नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई २ पदाधिकारी र ५ सदस्य, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाललाई २ पदाधिकारी र ३ सदस्य, नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चलाई १ पदाधिकारी र २ सदस्य, नेकपा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनलाई २ पदाधिकारी र ३ सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघलाई एक सदस्य दिएर सर्वसम्मतिले नेतृत्व चयन गर्न सकिने प्रस्ताव पेश भएको छ ।

कार्यदलमा संघका कार्यवाहक अध्यक्ष कमल तामाङ नेतृत्वको संयोजकत्वमा संघका पूर्व अध्यक्ष तारा प्रसाद भट्टराई, दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, तिलकबहादुर रानाभाट, बल बहादुर तामाङ, बिमल ढकाल, निवर्तमान अध्यक्ष रोहन गुरूङ, वरिष्ठ व्यवसायी नवराज ढकाल र किसन प्रधान सदस्य रहेको भएपनि बिहीबारको बैठकमा पूर्व अध्यक्षहरू भट्टराई, रानाभाट र तामाङ उपस्थित रहेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु