2026-10-16 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व चयनको लिखित सहमति

पुस २४, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे नेतृत्व सहमतिको आधारमा छनोट गर्ने सहमति भएको छ । सहमतिको वातावरण मिलाउन कार्यवाहक अध्यक्ष कमल तामाङको संयोजकत्वमा गठित कार्यदलले लगातार तीन दिनको सक्रियतापछि पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँडको निर्णय गरेको छ । 

सहमतिको नेतृत्व छनोट गर्ने विषयमा मोडालिटी तय गर्न संघका कार्यवाहक अध्यक्ष तामाङको संयोजकत्वमा मंगलबार १५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सिफारिस गर्ने व्यवसायीलाई अध्यक्षमा निर्विरोध निर्वाचति गर्ने सहमति गरेको कार्यवाहक अध्यक्ष तामाङले जानकारी दिए । कार्यवाहक अध्यक्ष तामाङले अन्य पदमा पनि सहमति जुटेको तर त्यसको आधिकारिक जानकारी आगामी सोमबार मात्र दिने बताए । 

बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार संघमा गरिएको माइन्युट अनुसार संघको २१ सदस्यीय कार्यसमितिमा एसोसिएसनले अध्यक्ष, दई पदाधिकारी र पाँच सदस्य पाएको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रथम उपाध्यक्षसहित तीन सदस्य, वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चले द्वितीय उपाध्यक्ष र दुई सदस्य, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव र तीन सदस्य तथा समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्ष र एक सदस्य पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु