2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित

पुस २८, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको छ । संघको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति बिपरित क्रियाकलाप भएको र कोरोना महामारीको कारणलाई देखाउदै निर्वाचनको प्रकृया स्थागित गरिएको एक सूचनामा भनिएको छ ।

संघका अध्यक्ष कमल तामाङद्वारा जारी सूचनामा ‘नेपाल वैदेशिक रोजगार व्यावसायी संघको २९ औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन प्रक्रियालाई सहज बनाउने उदेश्यले संघका कार्यवाहक अध्यक्षको संयोजकत्वमा भएको संयुक्त वैठकको निर्णय विपरित उम्मेदवार मनोनयन गरि सहमतिलाई लत्याउने कार्य भएको र सो सहमति कार्यान्वयन गर्न पटक-पटक समय थप गरि गरिएको प्रयास असफल भएको’ उल्लेख छ । साथै उक्त सूचनामा पछिल्लो पटक सरकारले कोरोना महामारीको सम्बन्धमा अगरेको निर्णय अनुसार सार्वजनिक स्थानमा २५ जना भन्दा बढी जम्मा भई भेला, गोष्टि, सभा गर्न रोक लगाएको कारण संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया अनिश्चित  कालको लागि स्थगित भएको स्पष्टिकरण दिईएको छ ।

संघको पूर्व सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य पाउने सहमति भएको थियो । त्यस्तै एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले प्रथम उपाध्यक्ष, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो । त्यस्तै एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले महासचिव, तीनजना सदस्य र एकजना सल्लाहकार पाउने सहमति भएको थियो भने माओवादी केन्द्र निकटको नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले द्वितीय उपाध्यक्ष, तीन जना सदस्य र एक जना सल्लहकार पाउने सहमति भएको थियो । त्यस्तै  समाजवादी फोरम निकट संघले तृतीय उपाध्यक्ष, एक जना सदस्य र एक जना सल्लाहकार पाउने सहमति भएको थियो ।

तर, संघको निर्वाचन प्रक्रिया शुरु भएपछि सहमति बिपरित उम्मेदवार उठ्न थाले । माओवादी केन्द्र समर्थित मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले संघको अध्यक्षमा दावेदारी दिए भने सचिवमा केशव न्यौपानेको उम्मेद्वारी पर्यो  । कांग्रेसका ४ जनाले सदस्यको लागि उम्मेद्वारी दिएर सहमतिको कुरा आएपछि उम्मेदवारी फिर्ता लिए तर मंचका निवर्तमान अध्यक्ष रामप्रसाद भान्तनाले संघको अध्यक्षको उम्मेद्वारी फिर्ता नलिएपछि निर्वाचन समितिले फेरी निश्चित समय दियो तर पनि उम्मेद्वारी फिर्ता नभएपछि निर्वाचन समिति भंग गरियो ।

सहमतिबाटै संघको नयाँ नेतृत्व चयनको प्रयास विफल भएकोले निर्वाचनमै गएर व्यवसायीहरुले मतदान गरेर नेतृत्व चयन गर्नु पर्ने बाध्यता आएपछि कोरोनाको कारण देखाई संघको साधारणसभा तथा निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित भएको जानकारी संघले गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु