2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला !

माघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको गम्भीर उल्लङ्घन भएको Dubai Public Prosecution ले जनाएको छ ।

Dubai Public Prosecution ले ट्वीटर मार्फत गत १२ जनवरीमा यस सम्बन्धि यस सम्बन्धमा ध्यानाकर्षण समेत गराउदै यस्तो लेखेको छ (तश्विरमा)

चेतावनी अनुसार युएईमा आवश्यक वर्क परमिट नलिई काम गरे कडा कारबाही भोग्नुपर्नेछ, जसमा तीन महिनाको जेल र १० हजार दिह्रामसम्मको जरिवाना समावेश हुन सक्छ । जारी ध्यानाकर्षणमा उल्लेख छ ‘भिजिट भिसा अन्तर्गत स्वदेश प्रवेश गर्ने र काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्छ, अन्यथा तिनलाई तीन वर्षसम्म कैद सजाय वा दश हजार रुपैयाँभन्दा बढी जरिवाना वा यी दुईमध्ये कुनै एक जरिवाना हुनेछ । साथै अदालतले राज्यबाट निष्कासन गर्न आदेश दिनेछ ।’

युएई भिजिट भिसा नेपालीको लागि पनि टाउको दुखाई ! 

नेपालबाट विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले युएईमा भिजिट भिसामा पठाउने गरेका छन् । बिभिन्न प्रलोभनमा पारेर लैजाने तर त्यहाँ लगेपछि वेवास्ता गर्दा कयौं नेपालीहरु ओभरस्टे हुनुपर्ने तथा काम नपाएर स्वदेश फिर्ता हुनुपर्ने बाध्यता छ । भिजिट भिसामा जाने कयौं युवाहरुलाई चर्को अशुली गरेर लैजानेहरुको जालो काठमाडौँदेखि युएईसम्मनै फैलिएका छन् । केहि म्यानपावरले समेत भिजिट भिसाको धन्दा चलाउदै आएका छन् । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेका छन् । 

भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई समेत धन्दावालाहरुले सेटिङमा राखेर काम गर्दै आएका छन् । भिजिटमा जानेहरुलाई त्यहाँका एजेन्टहरुले बिभिन्न धम्कि समेत दिएर काम नपाउदासम्म गुपचुप बस्न सल्लाह दिने गर्छन् । एजेन्टहरुले युएईमा एकै कोठामा दर्जनौं युवाहरुलाई राखेर काम खोज्ने गर्छन् । यस क्रममा कतिपयले काम समेत पाउदैनन्, पाएकाहरुले समेत प्रलोभन देखाए जति पाउदैनन् । भिजिटमा पुगेका कतिपय युवाहरुलाई एजेन्टहरुले उल्टै हप्की–दप्की र कुटपिट गर्ने गरेको समेत गुनाशो आउने गरेको छ । 

पीडितहरुको गुनाशो अनुसार भिजिटमा गएकाहरुको गुनाशोलाई युएईस्थित नेपाली दूतावासले समेत सुनेको नसुनेझैं गर्छ । कतिपय युवाहरु ओभरस्टे भई जरीवाना समेत तिर्न नसकी अर्को पटक युएई समेत आउन नपाउने गरि स्वदेश फर्किन बाध्य हुन्छन् । ठगिएर स्वदेश फर्किएकाहरुले नेपालमा न्याय पाउन पनि त्यति सहज छैन । ठगिएकाहरु मध्ये अधिकांसलाई दलालहरुले बिभिन्न बहानामा आफ्नो ट्रयापमा पार्ने गरेको कारण कागजी प्रमाण हुँदैन । प्रमाण भएकाहरुले समेत सजिलै न्याय पाउने अवस्था नरहेको पीडितहरुको गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु