2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यि हुन् भिजिट भिसाको धन्दा चलाई युवाहरुसँग अशुल्दै ठगि गर्ने एजेन्ट !

माघ ४, काठमाडौँ । वैदेशिक रोजगारको नाममा गैरकानुनी मानिएको भिजिट भिसाको धन्दामा संलग्न एजेन्टले आफूलाई आकर्षक प्रलोभन देखाएर पैसा अशुली गरेको धनुषाका राजेश कुमार यादवले गुनाशो गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट पदमपोखरी ८, मकवानपुर स्थाई घर भएका अमरसिङ्ग थापा मगर रहेको यादवले बताएका छन् । 

पिडीत यादवका अनुसार एजेन्ट थापाले एक बर्ष अघिनै भिजिट भिसा मार्फत युएईमा पठाएर काम लगाइदिन्छु भनि एक लाख लिएर अहिले फोन सम्पर्क तथा सामाजिक संजालमा समेत जवाफ नदिई बसेको कारण आफू ठगिएको बताएका छन् । पिडितका अनुसार एजेन्ट थापाले युएईमै भिजिट भिसामा थापालाईनै चर्को अशुली तिराएर पठाएका अर्का साथी युएईमै अलपत्र परेको र भिजिट भिसामा रोजगारमा जानु वैधानिक नभएको थाहा पाएपछि आफू नजाने भनि पैसा फिर्ता मागेका थिए । तर उनले एक बर्ष बितिसक्दा पनि पैसा फिर्ता गरेनन् । पीडितसँग एजेन्टलाई पैसा हालिदिएको रसिद समेत छ । 

थापाले युएईमा मासिक २५०० दिरामको रोजगारीमा लगाइदिने ग्यारेन्टी गरेको पीडित यादवको गुनाशो छ तर उनि मार्फतनै युएई भिजिटमा गएकाहरु समस्यामा परेको देखेपछि आफू नगएको यादवले बताए । यादवले भने ‘हामीलाई भिजिट भिसा गैरकानुनी हो भन्ने थाहा थिएन, आकर्षक कमाई हुन्छ भनेको भएर उसलाई विस्वास गरेको हो । पछि नजाने भनेपछि एजेन्ट थापाले पैसा फिर्ता दिन्छु भनेपनि लामो समय बितिसक्दा पनि फिर्ता दिएनन्, बरु सम्पर्कमै बस्न चाहेनन् । 

पिडितले भने ‘ठगीको उजुरी लिएर अपराध महाशाखा पनि गएँ, उजुरी पनि दिएको छु तर सानो रकमको ठगि भनेर खासै चासो भएन । बिभागले रकम पठाएको भौचरमा वैदेशिक रोजगार लेखेको अवस्थामा मात्र उजुरी लिन्छ । ठगिएपछि उजुरी दिन समस्या छ ।’ उनले सम्बन्धित निकायले सानो रकम ठगिएको भनेर खासै चासो नदेखाए पनि रोजगारीको लागि वैदेशिक रोजगारमा जान खोज्ने आफूजस्तो गरिवहरुको लागि उक्त रकम निकै ठूलो भएको गुनाशो गरेका छन् । 

पीडितले आफू ठगिएको विषयमा आफूसँग भएको प्रमाणहरु सहित आफूलाई भिजिट भिसामा रोजगारको प्रलोभन देखाएर ठग्ने एजेन्टको तश्वीर समेत पठाएका छन् । उनले भिजिट भिसामा युएइ गएर राम्रो रोजगारी पाइन्छ भन्ने आशामा पर्दा आफू ठगिएको बन्दै अरु युवाहरुलाई यस्तो भिसामा वैदेशिक रोजगारमा नजान सुझाव दिएका छन् साथै आफूलाई अवैध धन्दा चलाएर ठगि गर्ने अमरसिङ्ग थापा मगरलाई कारवाही गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु