2026-10-16 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहयोग गर्ने निहुँमा नेपाली युवतीमाथि कुवेतमा बलात्कारको प्रयास, ट्याक्सी चालक पक्राउ !

माघ ५, काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् ।

सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा  लिएर बलात्कारको प्रयास गर्ने ईटहरीका निलकण्ठ ढकाल पक्राउ परेका छन् ।ढकाल विगत १९/२० बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा काम गर्दै आएका छन् ।

ढकालले एक अबैधानिक रूपमा कुवेतमा काम गर्दै आएकी नेपाली महिलालाई नेपाल पठाईदिने बहानामा आफै बसेको कोठामा लिई  बलात्कारको प्रयास गरेका हुन् । ती महिला उमा देवी (नाम परिवर्तन) का अनुसार उनी कुवेतमा घरमा काम गर्ने कामदारका रूपमा सन् २०१८ मा कुवेत प्रवेश गरेकी थिइन् । आफु काम गर्दै आएको घरको साहुले पिडादिए पछि उनी त्यहाँ पुगेको एक बर्षपछि उक्त साहुको घरबाट भागेर लुकिछिपि बाहिर काम गर्दै आएकी थिइन् ।

समयक्रम वित्दै जाँदा केही दिन पहिले उनको आमा सिकिस्त विरामी भएको खबर नेपालबाट आएपछि आफुसँग नेपाल जानका लागि आवश्यक पर्ने राहदानी नभएकोले यात्रा अनुमतिपत्रका लागि उनी कुवेतस्थित नेपाली राजदुताबास पुगेकी थिइन् । सोही क्रममा यात्रा अनुमतिपत्र बनाएर नेपाली राजदूताबासबाट आफ्नो बस्ने स्थानमा फर्कने क्रममा उनी ईटहरीका ट्याक्सी चालक निलकण्ठ ढकालको ट्याक्सी चढ्न पुगिन् । बाटोमा जाँदै गर्दा ढकालले उनलाई प्रहरी कहाँ लगेर सोहि दिन बेलुका फिंगर गरेर नेपाल पठाई दिने र प्रहरीमा लगेर फिंगर गर्नका लागि अरू ४/५ जना महिलाहरू पनि रहेको भन्दै भुलाएर आफु बस्ने कोठामा लगेका थिए ।

फिंगर समेत गराएर नेपाल पठाउन २०० केडी मागेको समेत बताईन । उनलाई झुक्काएर कोठामा लगिसकेपछि ढकालले रक्सी पिउन शुरू गरेको र आफुले फिंगर गर्न कति वेला जाने भन्दा उल्टै आफुलाई पिटन थालेको, टाउको पछाडी समातेर जबरजस्ती रक्सी मुखमा हालेको, आफ्नो माथिको बस्त्र खोलेको, आफ्नो सम्बेदनशील अंग समाउने गरेको छटीपटी र चिच्याहट गर्दा उल्टै पिट्ने गरेको बताइन् ।

ढकालले राजदूताबासलाई जानकारी गराइदिने कुरा गर्दा राजदुताबास भनेको मेरो लागि केही पनि नभएको, उल्टै म नेपाली राजदुताबास गएर राजदूतबासका कुर्ची टेबल भाँची दिन्छु, मलाई तिमीले चिनेकै छैन, कुवेतमा मेरो धेरै वास्ता छ, मैले नेपाल जान खोज्ने धेरै महिलालाई यसैगरी आफ्नो बुढी जस्तै बनाएर केही महिना आफैसँग राखेर नेपाल पठाएको भन्दै आफ्नो मोबाइलको इमो नम्बरबाट विभिन्न महिलाको तस्वीरहरू देखाउदै मेरो बुढी बनाएर नेपाल पठाएको, तिमी पनि मेरो बुढी बन र मसँग बस, तीन चार महिनापछि आफ्नो पनि भिसा सकिन्छ र तिमी र म सँगै नेपाल जानुपर्छ ए भन्दै कुटपिट र  बलात्कार गर्न खोजेको र उसको हातबाट फुत्केर बाथरुम भित्र छिरेर भित्रबाट चुकुल लगाई आफ्नो सतित्व जोगाउन पुरै रात विताएको पिडित महिलाले हामीलाई बताईन् ।

उनका अनुसार ढकालले आफु बस्ने कोठालाई विभिन्न स-साना कोठा बारेर बिभाजन गराई ती साना कोठालाई पैसा लिएर अबैध यौनजन्य क्रियाकलाप गर्दै आएका छन् ।

त्यो रात पनि ढकालको कोठामा आउने युवायुवतीको लर्को लागेको थियो । ढकालले ती नै युवायुवतीबाट प्राप्त गर्ने रकम मध्ये १० केडी आफै लिन उमालाई भनेका थिए ।

पिडित (उमा देवी) बिहान त्यहाँबाट उम्कन सफल भएपछि ढकालविरूद्ध न्यायका लागि कुवेत प्रहरीमा उजुरी दिएकी थिइन् ।

ढकाललाई कुवेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ढकालमाथि अनुसन्धान भैरहेको श्रोतले जानकारी दिएको छ ।

पिडितले आफुलाई न्याय दिलाई दोषी ढकाललाई कारबाही गरि पाउँ भन्दै कुवेतस्थित नेपाली राजदुतावासलगाएत नेपालीको हितमा काम गर्नका लागि स्थापना भएका सम्पूर्ण संघसस्थालाई अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु