2026-10-16 12:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, चुरोटको खरानी खस्दा यस्तो सजाय !

एजेन्सी | दुबइमा केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन दुबइमा आफ्नै बाल्कोनीमा बसेर चुरोट खाँदा त्यसको खरानी तल खस्यो भने पनि जरिवाना तिर्नुपर्नेछ ।

नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि यस्ता नियम लागू गरिएको बताएको छ । दुबइ नगरपालिकाले त्यहाँ बस्ने सबैलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको ‘दुरुपयोग’ नगर्न भनेको छ । नगरपालिकाले सामाजिक संजालमार्फत बासिन्दाहरुलाई आफ्नो बाल्कोनी भद्दा देखिने कुनै काम नगर्न सूचित गरेको छ । नगरपालिकाले ट्वीटमा लेखेको छ ‘पर्यावरणको आवश्यकता र मानकबारे समुदायको जागरुकता बढाउनको लागि दुबइ नगरपालिका सबै युएइ निवासीहरुसँग सहरको सौन्दर्य र स्वरुप बिगार्नबाट बच्न आग्रह गर्छ ।’यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु