पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १३, काठमाडौँ | </b>साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ ।<br></p><p>साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९ का कारण विभिन्न मुलुकहरुबाट साउदी अरब आउन यात्रा बन्देज लागेका कारण समस्यामा पर्न सक्ने विदेशी कामदार समेतलाई सहयोग पुर्याउन शुल्क नलिने निर्णय गरिएको बताइएको छ । </p><p>जवाजतले यसबीचमा म्याद सकिने अकामा तथा एक्जिट र रि–ईन्ट्री भिसाको म्याद स्वतः मार्च ३१ सम्म थपिने जनाएको छ । तर साउदी अरबमा यस अगाडि नै कोभिड–१९ विरुद्धको एक मात्रा खोप लगाएको र स्वदेश फर्किएर पुनः साउदी अरब फर्किनुपर्नेहरुलाई भने लागू नहुने बताएको छ ।</p>

