2026-10-16 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया रोजगार: नेपाली युवाहरुको प्रमुख १० गन्तव्यमा !

अनिल अधिकारी | माघ १५, काठमाडौँ | पछिल्लो केहि समय यता क्रोएसिया नेपाली युवाहरुको श्रम गन्तव्य अन्तर्गत मुख्य देशकै सूचीमा अगाडी सर्दै आएको छ । गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा व्यक्तिगत श्रम स्वीकृतिकै आधारमा क्रोएसिया रोजगारीको लागि एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार बिभागले श्रम स्वीकृति दिएको आधारमा क्रोएसिया पछिल्लो पुष महिनाको रेकर्ड अनुसार ९ औं श्रम गन्तव्यको सूचीमा रहेको छ । साउनदेखि पुष मसान्तसम्म एक हजार ८०७ जनाले नयाँ श्रम-स्वीकृति पाउँदा क्रोएसिया रोजगारको लागि कुनै पनि म्यानपावर कम्पनीमा यो देशको एउटा पनि डिमाण्ड पूर्व-स्वीकृत छैनन् । सबैले व्यक्तिगत श्रम स्वीकृतिको आधारमा अन्तिम श्रम स्वीकृति पाएका हुन् । 

क्रोएसिया नेपालीको प्रमुख गन्तव्य देश बन्दै गएको तथ्यांकले देखाउँदै गर्दा सम्बन्धित निकायले भने यसको विषयमा चासो देखाएको छैन । व्यक्तिगत श्रमस्वीकृति सम्बन्धित देश जाने व्यक्ति आफैले रोजगारदाता छनौट गरि सबै प्रक्रिया पुरा गरि आफै श्रम-कार्यालय गई श्रम स्वीकृति लिएर वैदेशिक रोजगार जाने प्रक्रिया भएपनि युवाहरु अधिकांश एजेन्ट मार्फत यो देशको रोजगारमा जाने गरेका छन् । एजेन्टबाटै व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रिया हुँदै रोजगारमा पठाउने हुँदा वैदेशिक रोजगारको प्रलोभनमा क्रोएसिया रोजगारीको प्रक्रियाको क्रममा कयौं युवाहरु भीत्रभित्रै ठगीको सिकारमा रहेको समेत गुनाशोहरु प्राप्त भएको छ ।

क्रोएसिया पठाइदिने कार्यमा केहि म्यानपावरहरुको समेत प्रत्यक्ष संलग्नता छ । म्यानपावरले व्यक्तिगत श्रम स्वीकृतिमा युवाहरुलाई वैदेशिक रोजगारमा पठाउन नपाउने नीतिगत स्पष्ट व्यवस्था रहेको अवस्थामा बिना पुर्व स्वीकृति बिज्ञापन ल्याई काम हुने गरेको छ । यो प्रक्रियामा क्रोएसिया रोजगारमा जान चाहने युवाहरुले अग्रिम ५० हजारदेखि एक लाखसम्म पैसा अशुली समेत गर्ने गरेको पाइएको छ । यसरी अशुली भएको पैसाको कयौंले प्रमाण समेत नपाएको कारण पछि बिभिन्न बहानामा पैसा समेत फिर्ता गर्न आनाकानी हुने वा यसैलाई धन्दा बनाई सयौंलाई ठगि गरेर फरार भएको गुनाशो छन् । त्यसो त कसैले प्रक्रिया मिलाइदिएबापत क्रोएसिया रोजगारको लागि ७ देखि १० लाखसम्म अशुली हुने गरेको पाइएको छ ।

यस सम्बन्धमा क्रोएसिया रोजगारको काम गर्दै आएका केहि म्यानपावर व्यवसायीहरुले सरकारले संस्थागत रुपमा क्रोएसिया रोजगारको लागि सहज वातावरण नबनाइदिएको तथा क्रोएसिया स्थित नेपाली दुतावास समेत नभएको कारण मागपत्र प्रमाणीकरण गर्न नसक्दा बाध्य भएर व्यक्तिगत श्रम स्वीकृतिमै कामदार पठाएको बताउँछन् । व्यवसायीहरुले सरकारले व्यवस्थित नगर्दा क्रोएसिया रोजगारको नाममा युवाहरु ठगिन सक्ने अवस्था रहेको स्वीकारे । रोजगारको प्रक्रियामा रहेकाहरुले व्यक्तिलाई विश्वास गर्नुपर्ने भएकोले पछि समस्या आईहाले क्षतिपूर्ति पाउने ग्यारेन्टीकर्ता कोहि हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि आर्थी कारोबार गर्न बाध्यता छ । केहिले पैसा बुझाएको प्रमाण दिने गरेपनि कतिपयले प्रमाण दिन अस्विकार गर्ने गरेका छन् । म्यानपावर कम्पनीमै पुगेर रोजगार प्रक्रिया थाल्नेहरुले समेत पछि लेनदेनको प्रमाण नहुँदा समस्या हुने बताउँछन् ।

सरकारले संस्थागत रुपमा वैदेशिक रोजगारमा पठाउनेहरुको तीन पुस्ते विवरण सहित बिभिन्न नीति लगाएर कम्तिमा दुई करोडको धरौटी राखेर मात्र इजाजत दिएको अवस्थामा व्यक्तिगत श्रम स्वीकृतिको आधारमा म्यानपावरले भन्दा बढी कमाई व्यक्तिगत श्रम-स्वीकृतिमा पठाउने कार्य गर्नेहरुले गरिरहेका छन् । यसरी कामदार पठाउँदा कारोबारकर्ताले प्रतिव्यक्ति लाखौँ रकम अशुली गरेपनि त्यसको एक रुपयाँ राजश्व पनि सरकारले पाउँदैन । त्यसो त यस्तो धन्दावालहरुलाई  कुनै धरौटी समेत तिर्नु पर्दैन । यसरी काम गर्नेहरुले व्यवसायिक रुपमै खुलेयाम स्वतन्त्र रुपमा काम गरिरहेका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा विदेश कामदार पठाउदा संस्थागत रुपमा कामदार पठाउनु भन्दा ढुक्कको अवस्था रहेको व्यवसायीकै भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु