2026-09-24 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कल सेन्टर उद्घाटनको क्रममा मन्त्रीलाई पहिलो कल ‘म्यानपावरले १० हजार भन्दा बढी लिए के गर्ने ?

माघ १७, काठमाडौँ | आइतबार ठूलो महत्वकांक्षा सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कल सेन्टर’ सुरुवात गरेको छ । श्रम मन्त्रालयमै यस सम्बन्धि कार्यक्रम समेत आयोजना भयो । औपचारिक उद्घाटनको क्रममा संचारकर्मीहरुकै बीच श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कल सेन्टरको पहिलो कल उठाए । गुनाशो कर्ताको पहिलो कलनै म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा अशुली गर्छन् भन्ने थियो । 

गुनाशोकर्ताले आफू कतार जान चाहेको भन्दै के-के कुरामा ध्यान दिनुपर्छ भन्ने प्रश्न गरेका थिए । त्यसको उत्तर दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाँदा आफू जाने कम्पनीले दिने सेवा/सुविधा, काम गर्ने समय , बिदा तथा कामको प्रकृतिबारे राम्ररी बुझेर मात्र वैदेशिक रोजगारमा जान सुझाव दिए । मन्त्री श्रेष्ठले गुनाशो कर्तालाई थप जानकारी दिँदै नेपाल सरकारको नीति नियम अनुसार फ्री भिसा फ्री टिकट र सर्भिस चार्ज अनुसार १० हजार भन्दा बढी तिर्नु नपर्ने बताए । त्यस्तै उनले नेपाल सरकार वैदेशिक रोजगार बिभागद्वारा लाइसेन्स प्राप्त म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान सुझाव दिए । 

श्रममन्त्रीले दिएको प्रतिक्रियाबारे थप जिज्ञाशा राख्ने क्रममा गुनाशोकर्ताले सरकारले १० हजार मात्र लाग्छ भने पनि बाहिर व्यक्ति तथा म्यानपावर ८०/९० हजार लिने गरेको भन्दै यस्तो समस्यामा के गर्ने ? भन्ने प्रश्न राखे । गुनाशोकर्ताको प्रश्न अनुसारको यावत समस्या देखिएको बताउँदै मन्त्री श्रेष्ठले यो समस्यालाई व्यवस्थित गर्न श्रम मन्त्रालय गम्भीर रुपमा लागेको बताए । उनले श्रम मन्त्रालयले सोझा साझा नेपाली युवाहरु वैदेशिक रोजगारको क्रममा जाँदा हुने समस्याको समाधानबारे गम्भीर बनेको भन्दै १० हजारभन्दा बढी मागेको भए कल सेन्टरमा कल गर्न आग्रह गरे । उनले भने ‘१० हजार भन्दा बढी पैसा  माग्यो भने फेरी यही कल सेन्टरमा कुन म्यानपावर वा कुन व्यक्तिले गरेको हो, हामी कारवाही गर्छौं ।’ 

श्रममन्त्रायमा कल सेन्टर 

यस अघि वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले प्रभावकारी काम नगरेको भन्दै आइतबारदेखि औपचारिक रुपमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कल सेन्टर सारिएको छ । श्रम मन्त्रालयले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार उक्त कल सेन्टरमा तीन सिफ्टमा २/२ जनाले सूचना तथा गुनाशोहरु लिनेछन् । यसरी काम गर्दा २४ घण्टानै कल सेन्टरले जानकारी दिनेछ । 

मन्त्रालयले पैसा नलाग्ने वा पैसा लाग्ने फोन नम्बरहरु समेत सार्वजनिक गरेको छ । कल सेन्टरमा २४ सै घण्टा फोन सम्पर्क गरेर आफ्ना समस्या वा गुनासा सुनाउन सकिनेछ । त्यसका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधैँ सम्पर्क गरेर आफ्नो गुनासो र समस्या टिपाउन सक्ने व्यवस्था छ । जसलाई प्राथमिकीकरण गरि श्रम मन्त्रालयले कम गर्ने मन्त्री श्रेष्ठको भनाई छ । 

कल सेन्टरमा आएको गुनासोको आधारमा मन्त्रालयले आवश्यक कारबाही गर्ने बताइएको छ । कल सेन्टरमा कस्ता समस्या बढी आउँछ, त्यसको आधारमा वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी प्राथमिकताका साथ समाधान गरिने मन्त्रालयले जनाएको छ ।

कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी एकीकृत गरि त्यसको समाधान गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयको अन्सुआर सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइनेछ । कल सेन्टरमा आउने गुनाशोको आधारमा सरकारलाई नीति-निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । 

गुनाशोको आधारमा वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम सङ्कलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारबाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम