2026-10-15 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटुवर तथा संचारकर्मीमाथि हातपात गर्ने म्यानपावरको कारोवार रोक्का

माघ २२, काठमाडौँ । माघ १८ गते संचारकर्मी, युटुवर र पीडितहरुलाई केहि म्यानपावर व्यवसायी तथा गुण्डा लगाई आक्रमण गर्ने सामाखुसी स्थित त्रिपल स्टार म्यानपावरको वैदेशिक रोजगार अन्तर्गत कारोबार रोक्का गरि छानवीन प्रक्रिया थालिएको छ । 

बिभागले वैदेशिक रोजगारको क्रममा इजाजत लिएकाहरुलाई कारवाहीको प्रक्रियामा लैजाँदा उक्त म्यानपावरलाई ‘इनएक्टिभ’ स्टाटसमा राख्ने गरेको छ । यो स्टाटसमा राखिनु भनेको उक्त म्यानपावर मार्फत हुने वैदेशिक रोजगारको सबै प्रक्रिया तथा क्रियाकलाप रोक्का हुने अवस्था हो । यस्तो अवस्थामा हुँदासम्म उक्त म्यानपावरले कुनै पनि कामदार वैदेशिक रोजगारमा पठाउन पाउँदैन । 

वैदेशिक रोजगारको प्रलोभनमा प्रतिव्यक्ति ७ लाख ५० हजार अशुली गरि भिजिट भिसामा पठाइएका युवाहरु युएईमा अलपत्र परेपछि पीडितका परिवारले मिडिया गुहारेका थिए । पीडितसँगै म्यानपावर पुगेका युटुवर तथा मिडिया कर्मी र पीडितहरुलाई केहि म्यानपावर व्यवसायी सहितको संलग्नतामा ठूलो संख्यामा आएको म्यानपावर पक्षका व्यक्तिहरुले कुटपिट गरेका थिए । कुटपिटको क्रममा मूलगेट नै लगाएर नियोजित रुपमै आफुहरुलाई कुटिएको मिडियाकर्मी तथा अभियान्ताहरुले बताएका छन् । कुटिनेहरुमा युटुवर मात्र थिएनन् । न्युज २४ का पत्रकार समेत थिए । उनको प्रेस ज्याकेट समेत च्यातेर लछार-पछार पारिएको थियो । 

घटनाको भत्सना गर्दै बिभिन्न आप्रवासी कामदारको हकहित सम्बन्धि काम गर्ने संघ/संस्थाहरुले जिल्ला मार्फत प्रधानमन्त्री तथा श्रम रोजगार तथा सुरक्षा मन्त्रालय समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । सामाजिक संजालमा समेत निकै चासोको साथ हेरिएको यो घटनालाई लिएर सरकारी निकायको समेत आलोचना भएको छ । घटनापछि युटूवरहरुको आतंक रोक्न भन्दै म्यानपावर व्यवसायीहरुले कार्यक्रमनै गरे पनि व्यवसायीहरुले सरकारले इजाजत दिएको प्रयोजन बाहेकको काम गर्नेहरुको पक्षमा आफूहरु नरहेको ध्यानाकर्षण गरेका थिए । उनिहरुले भिजिट भिसामा कामको लोभमा पठाउने क्रियाकलाप नगर्न व्यवसायी साथिहरुलाई आग्रह गरेका छन् । साथै कसैले कसैलाई पीडित बनाएको भए यथासक्य उद्दार गर्न समेत सुझाव दिएका छन् । 

सामाखुसी स्थित त्रिपल स्टार इम्लप्लोईमेन्ट प्रालिले गरेको अवैधानिक क्रियाकलापको यो घटना नै पहिलो पटक भने होइन । यसै म्यानपावर कम्पनीले गत बर्ष क्यानडा पठाउने प्रयोजनमा अवैधानिक अशुली गरेको थियो । आफ्नै म्यानपावर कम्पनीमाथि म्यानपावरले नै भाडा तिर्दै आएको फ्ल्याटमा तीन जना भारतीय नागरिकहरुको प्रयोग गरि नक्कली कम्पनी खडा गरेर क्यानडामा वैदेशिक रोजगारको अवैधानिक काम गरेको पाइएको थियो । रकम अशुली गरेको प्रमाण सहित पीडितहरुको उजुरीको आधारमा बिभाग टोलीले छापा मारेको थियो । बिभागले छापा मार्ने क्रममा म्यानपावरकै मिलिमतोमा नक्कली कम्पनीले नेपाली युवाहरुलाई विदेश पठाउने प्रलोभन दिएर काम गरेको पाइएको थियो । बिभागले छापा नमारेको भए सो कम्पनीबाट धेरै नेपाली पीडित हुने र सोको प्रमाणित आधार समेत नहुने अवस्थामा काम गरेको पाइएको थियो । अनुसन्धानको क्रममा क्यानडा पठाउने भनि खडा भएको कम्पनी नक्कली हुनुको साथै उक्त कम्पनी राखिएको ठाउँ म्यानपावरले नै दिएर भित्री सम्झौता गरि कम्पनि चलाईएको पाइएको थियो । बिभागले छापा मारेपछि तीन जना भारतीय नागरिक पक्राउ परेका थिए । 

सम्बन्धित भिडियो रिपोर्ट;

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु