भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन था"/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

दुबई सरकारको यस्तो निर्णयपछि नेपाली कामदारलाई पर्यो फसाद

भदौ १०, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) पनि बंगलादेशी कामदार लिन तयार भएको छ । साउदी अरेबियाले बंगलादेशी कामदार लिन थाले लगत्तै युएइले पनि बंगलादेशीलाई श्रम भिसा दिन सैद्धान्तिक सहमति जनाएको हो ।

बंगलादेशी वैदेशिक रोजगारमन्त्री नुरअल इस्लाम र युएइका मानव संसाधन मन्त्रालयका सल्लाहकार एलेक्स जम्मामीबीच बंगलादेशी कामदारमाथिको प्रतिवन्ध हटाउने अनौपचारिक समझदारी भएको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

कोलम्बो प्रोसेसको बैठकमा भाग लिन श्रीलंकामा रहेका उनीहरुले बंगलादेशी कामदारलाई फेरि युएइमा रोजगारीको अवसर दिने द्विपक्षीय समझदारी गरेका हुन् । युएइ नेपाली कामदारको पनि प्रमुख रोजगार गन्तब्य हो । बंगलादेशी कामदार नेपाली कामदारभन्दा सस्तोमा श्रम गर्न तयार हुने भएकाले युएइले विशेषरुपमा निर्माण क्षेत्रका काममा उनीहरुलाई लैजानसक्ने बताएको हो ।

यसले नेपाली कामदारको मागमा असर पर्न सक्ने देखिएको छ । मलेसियाले पनि गतवर्ष बंगलादशेबाट ठूलो संख्यामा कामदार लिने सहमति गरेको थियो ।

मलेसिया र साउदीमा कच्चा तेलको मूल्यको गिरावटका कारण आर्थिक मन्दी छाइरहेको समयमा युएइले बंगलादेशी कामदार लगे नेपालीको चौथो प्रमुख गन्तब्य युएइमा पनि नेपालीको माग घट्नेछ । पछिल्लो समयमा खाडी राष्ट्रमा छाएको आर्थिक मन्दीले नेपालीका श्रम बजारहरु धरासायी हुँदै गएका छन् ।

श्रीलंकाले युएइ पठाउने कामदारलाई दक्ष बनाएर पठाउने बताएको छ । त्यसकालागि सीप सिकाउने परियोजना सञ्चालन गर्ने बंगलादेशको तयारी छ । युएइले बंगलादेशबाट कामदार लिन बन्द गरेको तीन वर्ष भएको छ । अहिले घरेलु महिला बंगलादेशी कामदारमात्रै युएइमा कार्यरत छन् । 

बंगलादेशले आफ्ना कामदारमाथिका प्रतिवन्ध हटाउन निरन्तर पहल गरिरहेको थियो । युएइले ढाकामा भिसा कार्यालय खोलेर कामदार लैजाने पूर्वसंकेत यसअघि नै गरिसकेको थियो । बंगलादेशी कामदारमाथिको प्रतिवन्ध औपचारिक रुपमा कहिले हट्ने भन्ने एकीन नभए पनि छिट्टै हुने संकेत युएइले गरेको छ । स्रोत: अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने