2026-10-16 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई भिजिट भिसामा आएकाहरूकोआत्महत्या गर्ने क्रम बढ्यो

माघ २६, काठमाडौँ । भिजिट भिसामा आएर काम गर्ने नेपालीले यहाँ अत्याधिक दुःख पाउने गरेका छन्। राम्रो कमाई हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएकाहरूको मृत्यु हुने क्रमसमेत बढेको छ।  

गत वर्ष यूएईमा १ सय ३८ नेपालीको मृत्यु भएको दूतावासको तथ्याङ्क छ। जसमध्ये २८ को आत्महत्या, २५ को मृत्यु दुर्घटना र कोभिड–१९ को कारण १८ जनाको मृत्यु भएको हो।  सन् २०१८ मा ३३, २०१९ मा १७ र २०२० मा ४४ जना नेपालीले यूएईमा आत्महत्या गरेका छन्। आत्महत्याको मुख्य कारण मानसिक तनाव रहेको जानकारहरू बताउँछन्। कोरोना काल सुरु भएपछि धेरै मजदुर तनावमा परेको तथ्यांक छ। २०२२ को दोस्रो सातासम्म १२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। 

उनीहरूमध्ये अधिकांश भिजिट भिसामा दुबई पुगेका थिए। बर्सेनि यति धेरै नेपालीको मुलुकमा मृत्यु हुँदा पनि सरकारले चासो देखाएको छैन। आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। अबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल नेपालीले दुबईमा आएर आत्महत्या गर्नुको पछाडि भने जस्तो काम नपाउनु हुन सक्ने बताउँछन्। ‘ऋण काढेर जुन सपना देखेर भिजिटमा आउनु भएको हुन्छ। त्यो पूरा हुँदैन। कतिपयले पारिवारिक तनावका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ,’ ढकाल भन्छन्, ‘यद्यपि यसमा थप अनुसन्धान गर्न आवश्यक छ।’ धादिङकी रेणु थापाले २०२० डिसेम्बर २६ मा दुबईमा आत्महत्या गरिन्। दलालको अध्यागमन सेटिङमार्फत भिजिट (पर्यटक) भिसामा दुबई पुगेकी उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। परिवारको सहमतिमा शव दुबईमै जलाइयो। दुई छोरीकी आमा थापाको विदेशमा मृत्यु हुँदा पनि परिवारले कुनै क्षतिपूर्ति पाएन।

दुबई आउन दलाललाई १ लाख ३० हजार रुपैयाँ तिरेकी थिइन्। भोजपुरका सागर राईले मार्च २३ मा दुबईस्थित समुद्रमा हाम फालेर आत्महत्या गरे। उनी ३ लाख तिरेर राम्रो कामको आशामा आएका थिए भने जस्तो काम नपाएपछि मृत्यु रोजे। स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका विवेक थापाले पनि दुबईमा आत्महत्या गरे। उनीहरू अध्यागमन सेटिङमार्फत भिजिट भिसामा दुबई आएका थिए। सिन्धुपाल्चोकका विकास भुजेलको शव केही महिनादेखि दुबईमा अलपत्र छ। भिजिट भिसामै आएका भए पनि उनको कहिले र कसरी मृत्यु भयो भनेर पत्ता लगाउन दूतावासलाई निकै कठिन भयो। प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की पर्यटक भिसामा विदेश गएर आत्महत्या गर्नु दुःखद् भएको बताउँछन्।

असुरक्षित वैदेशिक रोजगारीमा संलग्नलाई कानुनी दायरामा ल्याउन उनले माग गरे। ८० हजार हाराहारी नेपाली भिजिट भिसामा काम खोज्न दुबई पुगेका छन्। यस्ता नेपालीको तथ्यांक सरकारसँग नहुने हुनाले विदेशमा बिरामी भएमा, दुर्घटना भई अंगभंग भएमा वा मृत्यु भएमा सहयोग नपाउने दूतावासकी श्रम काउन्सिलर निर्मला थापाको भनाइ छ। ‘श्रम गरेर कानुनी प्रक्रिया पूरा गरेकाको हकमा भने सरकारले आवश्यक सहयोग गर्छ,’ थापाले भनिन्। आत्महत्या गर्नेको हकमा जीवन बिमाको रकमसमेत दाबी गर्न नपाइने यूएईको कानुन छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु