2026-10-15 11:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् पछिल्लो महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरु

फागुन १३, काठमाडौँ । गत माघ महिनामा ६५४ म्यानपावर कम्पनीले ३० हजार बढी युवाहरुलाई वैदेशिक रोजगारमा पठाएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले ११ देशको लागि 

 दुई हजार २१४ महिला सहित ३० हजार जनालाई बिभिन्न देशमा वैदेशिक रोजगारमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । 

बिभागद्वारा सार्वजनिक माघ महिनाको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावर एसओएस म्यानपावर सर्भिस रहेको छ । यो म्यानपावर कम्पनीले एकै महिनामा दुई जना महिला सहित ४१४ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनलले चार महिला कामदार सहित ४११ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । तेस्रो नम्बरमा प्याराडाइज इन्टरनेशनलले १२९ जना महिला कामदार सहित ३६९ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । 

त्यसपछि क्रमश: फजल इन्टरनेशनल, साउण्डलाइन्स रिक्रुटमेन्ट, ओशो रिक्रुटमेन्ट एजेन्सी, सेन्ट्रल क्यापिटल सर्भिसेस, लक्की एचआर सोलुसन, लिंक इन्टरनेशनल प्लेसमेन्ट र नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेसले २५० जना भन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । 

त्यस्तै गत माघ महिनामा वैदेशिक रोजगार बिभाग आफैले पनि २९७ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । बिभागले इजरायलमा रोजगारको क्रममा १९५ जना महिला र १०२ जना पुरुष सहित २९७ जनालाई रोजगारको लागि अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ । गत माघ महिनामा म्यानपावर कम्पनी मार्फत सबै भन्दा बढी धनुषा जिल्लाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् । धनुषा जिल्लाबाट मात्र १९७५ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । धनुषा पछि सबैभन्दा धेरै महोत्तरीका युवाहरु वैदेशिक रोजगारको लागि गएका छन् । महोत्तरीबाट मात्र गत माघ महिनामा १५६१ जना युवाहरु वैदेशिक रोजगारमा गएका छन् । 

कोरोना महामारी यता सुस्त बनेको वैदेशिक रोजगार चलायमान भएसंगै वैदेशिक रोजगारमा जानेहरुको लहर बढेको पछिल्लो केहि महिना यताको तथ्यांकले देखाएको छ । गत माघमा साउदी अरेवियामा रोजगारको लागि जानेको संख्या धेरै छ । साउदी जानको लागि १४ हजार २१५ जनाले श्रम स्वीकृति पाउँदा कतारमा रोजगारको लागि पाँच हजार ९८६ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । गत महिना म्यानपावर मार्फत बहराइन, ब्रुनेई, साइप्रस, कुवेत, ओमान, कतार, रोमानिया, साउदी अरव, युएई र युनाइटेड किङ्गडमा रोजगारको लागि गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु