2026-09-04 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको आममाफी: नेपाली सहित १४ हजारभन्दा बढीले लिए फाइदा

फागुन १९, काठमाण्डौ । कतार सरकारले गैर कानूनी विदेशी कामदारहरुलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफीसंगै नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् । 

कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीरूपमा बसोबास गरिरहेका १४ हजारभन्दा बढीले आफ्नो कानूनी हैसियत सच्चाएको जानकारी दिएको हो । 

कतार सरकारले सुरुमा गएको वर्षको अक्टोबर महिनादेखि डिसेम्बरसम्मको समय दिँदै गैर कानूनीरूपमा कतारमा बसोबास गरिरहेका विदेशी नागरिकलाई आफ्नो कानूनी हैसियत सच्चाउन अवसर दिएको दियो । तर यो समय मार्च ३१ सम्म बढाएको  छ । 

कतार सरकारका अनुसार अहिलेसम्म नेपालीसहित विभिन्न देशका नागरिककाे २८ हजार ४७६ निवेदन प्राप्त भएको छ । जसमध्ये ८ हजार २२७ जनाले कुनै सजाय र जरिवाना नतिरीकनै कतार छाडेको र ६ हजार जनाले तोकिएको आधा जरिवाना तिरेर कानूनीअवस्था सच्चाएर कतारमै बसेका छन् । बाँकीकाे भने आवश्यक प्रक्रिया भइरहेको छ ।

कतारले विभिन्न कारणले ९० दिनभन्दा बढी बिना भिसा र आइडी बिना कतारमा बसेकालाई अवैधानिक र अनौपचारिक मानेको छ । तर कतार सरकारले दिएको यो अवसरको नेपाली श्रमिकले समेत फाइदा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ