2026-10-15 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै

फागुन ३०, काठमाडौँ । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ।

बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२-२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आबेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आबेदन फाराम भर्नुपर्नेछ।

सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ मा काम सुरु गर्ने जानकारी दिए। ईपीएसको आवेदनसँगै खुलाए पनि कृषितर्फको परीक्षा छिटो सञ्चालन गरिने उनले जानकारी दिए ।

यस पटक कृषिबाट जाने अमिकका लागि परीक्षा ट्यापको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको निर्देशक कटुवालले बताए । उनका अनुसार ट्यापको माध्यमबाट लिइने उक्त परीक्षामा दैनिक २०० जना सहभागी हुन सक्न गरी व्यवस्था गरिएको छ। 

– आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु